१५ असार २०८३, सोमबार
,
Latest
रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी नाकाबाट पेट्रोलियम आयात बढ्यो, सात महिनामा राजस्व ५ अर्ब नाघ्यो



अ+ अ-

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट करिब रु ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यसमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ तथा मट्टितेल समावेश छन्।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार, चालु आवको सोही अवधिसँग तुलना गर्दा पेट्रोलियम पदार्थको आयात रु ६० करोड २० लाख १० हजारले वृद्धि भएको छ। आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व पनि १०.७ प्रतिशतले बढेको उनले जानकारी दिए।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार, चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ५ अर्ब ६३ करोड ४५ लाख ७३ हजार राजस्व सङ्कलन भएको छ। यस अवधिमा ६२,९३२ किलो लिटर पेट्रोल रु ५ अर्ब ५३ करोड ४१ लाख मूल्य बराबर आयात भएको थियो भने ४०,३५२ किलो लिटर डिजेल रु ३ अर्ब ८१ करोड २८ लाखमा आयात भएको थियो।

त्यस्तै, सोही अवधिमा १४,९९९ मेट्रिकटन एलपी ग्यास रु १ अर्ब ४६ करोड ३१ लाख, ४,७३६ किलो लिटर एटिएफ रु ४३ करोड ५८ लाख र १,२१२ किलो लिटर मट्टितेल रु ११ करोड ३० लाख मूल्य बराबर आयात भएको भन्सार अधिकृत हुमागाईंले जानकारी दिए  ।