१५ असार २०८३, सोमबार
,
Latest
यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापति लामिछानेको घोषणा: देश–मधेस विभाजित गर्ने राजनीतिको अन्त्य गर्छौं



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश र मधेसलाई विभाजित गर्ने राजनीतिक प्रवृत्तिको अन्त्य गर्ने घोषणा गरेका छन् ।

बुधबार जानकी मन्दिर परिसरमा मन्दिर परिक्रमा पश्चात् कार्यकर्तालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले विभेद र विभाजनको राजनीति अन्त्य गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका हुन् ।

उनले अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा सशक्त रूपमा उठाए पनि विभेदको विषयमा अपेक्षाकृत आवाज बुलन्द गर्न नसकेको स्वीकार गरे। “हामीले यसअघिको निर्वाचनमा सुशासनको कुरा गर्‍यौँ, तर विभेदविरुद्ध त्यति चर्को रूपमा बोल्न सकेनौँ,” उनले भने, “यसपटक विभेदको अन्त्यसँगै सुशासन स्थापना गर्ने स्पष्ट प्रतिबद्धतासहित आएका छौँ।”

लामिछानेले देश र मधेसबीच कृत्रिम दूरी सिर्जना गर्ने राजनीति अब स्वीकार्य नहुने उल्लेख गर्दै समान अधिकार, अवसर र सम्मान सुनिश्चित गर्ने दिशामा पार्टी अघि बढ्ने स्पष्ट पारे ।

उनले जनकपुरधामलाई प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने कार्यक्रमसमेत अघि सारिने बताए । कार्यक्रममा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनिष झाको पनि उपस्थिति रहेको थियो।