३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ ओटा हटाइए, १२ ओटा वेबसाइट ब्लक

आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ ओटा हटाइए, १२ ओटा वेबसाइट ब्लक
अ+ अ-

काठमाडौं । निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता विपरीत प्रकाशित तथा प्रसारित सामग्रीमाथि निगरानी कडा बनाएको जनाएको छ । आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रवर्द्धन एकाइले हानिकारक सूचनाको अध्ययन गरी सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गरिरहेको जनाएको हो ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार हालसम्म एकाइमा ६ सय १२ ओटा हानिकारक सूचनासम्बन्धी उजुरी दर्ता भएका छन् । ती उजुरीको व्यवस्थापन तथा सामग्री हटाउन आयोगले सम्बन्धित निकायमा पत्राचार गर्दै आएको र केही सामग्री हटाइसकिएको उनले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोलाई ३ सय ३६ ओटा सामग्री हटाउन पत्राचार गरिएकोमा हालसम्म १ सय २९ वटा सामग्री हटाइएको छ । त्यसैगरी वेबसाइट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण लाई निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो । ती वेबसाइटहरूले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक तथा अनुमानित सूचना सार्वजनिक गरेको पाइएकोले ब्लक गर्न सिफारिस गरिएको आयोगले जनाएको छ । प्राधिकरणले ती वेबसाइटहरू ब्लक गरिसकेको जानकारी दिइएको छ ।

यस्तै, प्रेस काउन्सिल नेपाल मा पठाइएका ७४ वटा उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको घिमिरेले बताउनुभयो । निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न ९० जनासँग स्पष्टीकरण सोधेको र सम्बन्धित व्यक्तिहरूले तोकिएको समयसीमाभित्र स्पष्टीकरण पेश गरिरहेको उनको भनाइ छ । जिल्लास्तरमा गठित अनुगमन समितिहरूले पनि आचारसंहिता कार्यान्वयनका लागि सक्रियतापूर्वक काम गरिरहेको आयोगले जनाएको छ ।

निर्वाचन अवधिभर आचारसंहिता विपरीतका गतिविधि नियन्त्रण र हानिकारक सूचना हटाउने कार्यलाई निरन्तरता दिइने आयोगले स्पष्ट पारेको छ । आचारसंहिता पालना गराउन आयोगले कडाइ गरिरहेको उल्लेख गर्दै घिमिरेले निर्वाचन प्रचारप्रसारमा अवरोध सिर्जना नगर्न, बालबालिकाको प्रयोग नगर्न, निर्वाचन चिन्हको भौतिक प्रयोग नगर्न, शिक्षक तथा कर्मचारीलाई प्रचारप्रसारमा सहभागी नगराउन र स्थानीय जनप्रतिनिधिलाई आफ्नो कार्यक्षेत्रमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिइएको जानकारी दिए ।

आचारसंहिता उल्लंघन गर्नेलाई प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ ।