९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

महिलाले व्यवस्थापन गर्दै छन् जुम्लाको यो मतदान केन्द्र

महिलाले व्यवस्थापन गर्दै छन् जुम्लाको यो मतदान केन्द्र
अ अ+ अ-

काठमाडाैँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै महिला कर्मचारी मात्र खटिने भएका छन् । जिल्ला सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी सबै महिला कर्मचारीले निर्वाचन सम्पन्न गराउने भएका छन् ।

मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालन गर्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन महिला कर्मचारी प्रतिबद्ध रहेका बताए। शान्तिपूर्ण, मर्यादित र व्यवस्थित निर्वाचनका लागि राजनीतिक दल र पत्रकारसहित सबै सरोकार भएकाको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पनि आमसञ्चारमाध्यमको भूमिका निर्णायक हुने भएकाले सकारात्मक सन्देशसहित सामग्री सङ्कलन र सम्प्रेषण गर्न आग्रह गरे । जिल्लामा कूल मतदाता सङ्ख्या ७१ हजार ७३९ रहेका जनाउँदै उहाँले निर्वाचनका लागि ६५४ जना कर्मचारी खटिने बताए ।

प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी रहनेछन् । जिल्लाभर ११० मतदान केन्द्र र ८५ मतदानस्थल कायम गरिएको निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।

निर्वाचनलाई लक्षित गर्दै जिल्लाका आठवटा स्थानीय तहका ६० वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेका छन् । मुख्य निर्वाचन अधिकृतका सहायक हरिकृष्ण तिमिल्सेनाका अनुसार प्रत्यक्षतर्फको ७७ हजार र समानुपातिकतर्फको ८० हजार मतपत्र जुम्लामा पुगेको छ ।

निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लाका ९७४ जना निर्वाचन प्रहरी खटिनेछन्, जसले मतदान केन्द्रहरूमा शान्तिसुरक्षा सुनिश्चित गर्नेछन् । यसबाहेक जिल्लामा ९२५ अस्थायी मतदाता नामावली सङ्कलन गरिएको छ भने दुईवटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।

निर्वाचन आउन आठ दिन बाँकी रहँदा निर्वाचन आचारसंहितालाई कडाइका साथ पालन गर्न आज जिल्ला निर्वाचन कार्यालय जुम्लाको आयोजनामा एक दिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । यसैबीच, फागुन १५ गते मतदान अधिकृत तथा सहायक अधिकृतहरूको तालिम सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।