४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

चौतारा क्वाटरफाइनलमा

चौतारा क्वाटरफाइनलमा
अ+ अ-

काठमाडौं । चौतारा नगरपालिका महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भक्तपुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै चौतारा समूह ए बाट क्वाटरफाइनलमा पुगेको हो । चौताराले भक्तपुरलाई २५–१४, २५–२१ र २५–२१ को सेटमा पराजित गर्यो । जितसँगै चौताराले २ खेलमा ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको हो । यस समूहबाट ४ अंक जोडेको ललितपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दुई खेलमा पराजित भक्तपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । पुरुषतर्फ नै महालक्ष्मी नगरपालिका र पनौती नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह सी बाट महालक्ष्मी समूह विजेता र पनौती उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । यस समूहबाट टोखा बाहिरिएको छ । पुरुषकै समूह डी मा कमलामाई नगरपालिकाले लगातार दोस्रो जित निकालेको छ । सोमबार कमलामाईले गोदावरीलाई २५–१३, २५–१८ / २५–१८ को सेटमा पराजित गर्यो । यस्तै गोकर्णेश्वरले धुलिखेललाई २५–२३, २५–१४ र २५–१९ को सेटमा हराएको छ ।

चार टिम रहेको यस समूहमा कमलामाईको ६ अंक रहेको छ । गोदावरी र गोकर्णेश्वरको ३र३ अंक रहदा धुलिखेल अंक विहीन रहेको छ । महिलातर्फ चन्द्रागिरीले बनेपालाई २५–७, २५–९ / २५–५ को सेटमा हराएको छ । जितसंगै समूह ए को चन्द्रागिरीले ३ अंक जोडेको छ । यस समूहमा ललितपुरको पनि ३ अंक रहेको छ । बनेपाले अंक जोड्न सकेको छैन । महिलातर्फ नै गोकर्णेश्वरले हेटौडालाई २५–१६, २५–११ / २५–२२ ले हराएर दोस्रो जित निकालेको छ । यस्तै विदुरले टोखालाई २५–२२, २५–५, २३–२५ २५–९ ले हराएको छ ।

यस समूह बी मा गोकर्णेश्वरको ६ अंक रहेको छ । हेटौडा र विदुरको ३/३ अंक रहदा टोखाले अंक जोड्न सकेको छैन । ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन् । यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन् ।