३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदस्य–सचिव सिलवाल सम्मानित



अ+ अ-

काठमाडौं । नेपाल मास्टर्स एथलिट एसोसिएसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई सोमबार सम्मान गरेको छ । नेपालमा मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण योगदान पुर्याएवापत सदस्य–सचिव सिलवाललाई सम्मान गरिएको हो । एसोसिएनका अध्यक्ष जीएन दाई शर्माले सदस्य–सचिव सिलवाललाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा दक्षिण कोरियामा भएको विश्व इन्डोर मास्टर च्याम्पियनसिपको हर्डल्समा छैटौं श्रेणी प्राप्त गरी डिप्लोमा सर्टिफिकेट हासिल गरेका यज्ञलाल श्रेष्ठ तथा एसियन मास्टर एथलिट च्याम्पियनसिपको १ हजार ५ सय मिटर दौडको फाइनलमा आठौं स्थान हासिल गरी डिप्लोमा सर्टिफिकेट प्राप्त गर्न सफल गिर्वाणविक्रम शाहलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । सदस्य–सचिव सिलवालले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव सिलवालले परिषद्ले विभिन्न उमेरसमूह र विभिन्न खेलको राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्दै आएपनि भेट्रान खेलाडीहरुको कुनैपनि प्रतियोगिता नगरेको हुँदा अब केहि खेल मात्र समावेश गराएर भएपनि भेट्रानहरुको प्रतियोगिता सुरुआत गर्ने सोच बनाएको बताए ।

उनले आसन्न १४ औं सागमा नेपालले ७५ स्वर्ण, एसियाली खेलकुदमा स्वर्ण र ओलम्पिकमा बढी भन्दा बढी खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने वातावरण निर्माण गर्न जरुरी भएको बताउदै त्यो कार्यमा परिषद् अगाडि बढ्ने बताए । उनले एसोसिएसनले गरेको सम्मानलाई सम्मानका रुपमा नभइ आशिर्वादका रुपमा ग्रहण गर्ने धारणा व्यक्त गरे ।