३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

स्थिर सरकार र सुशासनका लागि पाँच वर्ष टिक्ने शासन आवश्यक छः उपसभापति शर्मा

स्थिर सरकार र सुशासनका लागि पाँच वर्ष टिक्ने शासन आवश्यक छः उपसभापति शर्मा
अ+ अ-

काठमाडाैँ ।  नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र सुशासन स्थापना गर्न पाँच वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन प्रणाली आवश्यक रहेको बताएका छन्।

मोरङको निर्वाचन क्षेत्र नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेसले देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रका साथ अगाडि बढाउने उद्घोष गरेका हुन्।

उपसभापति शर्माले हाल काँग्रेसप्रति जनलहर सिर्जना भएको दाबी गर्दै, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश सभापति ममता शर्मा र रास्वपाकै जिल्ला सभापति भरत पराजुली जस्ता प्रभावशाली नेताहरू काँग्रेसमा प्रवेश गरेको जानकारी दिएका छन्।

उनले भने, “अहिले काँग्रेस मात्र जुटेको छैन, अन्य दलबाट शुभेच्छा राख्ने हजारौँ नेपालीहरू काँग्रेसमा समाहित भइरहेका छन्। एमालेमा ३५ वर्ष बिताएका र मन्त्री भइसकेका रामवीर मानन्धरदेखि रास्वपाको सिङ्गै प्रदेश कमाण्ड गर्ने ममता शर्मासम्मले काँग्रेसको रुख चिन्ह रोज्नुले पार्टीको बढ्दो आकर्षण पुष्टि गर्छ।”

शर्माले देशमा पटक–पटक सरकार परिवर्तन हुने खेलले विकास रोकिएको औंल्याउँदै अब पाँच वर्ष टिक्ने प्रधानमन्त्रीको पद्धतिमा गम्भीर बहस हुनुपर्ने प्रस्ताव राखेका छन्। उनले भने, “हामी स्थिर सरकार र सुशासन चाहन्छौँ भने सुधारका उपायहरूमा छलफल गरौँ। निर्वाचनलाई युद्धको मैदान नभई परख गर्ने थलो बनाऔँ।”

भ्रष्टाचार नियन्त्रणका लागि काँग्रेसले कठोर नीति अपनाएको जानकारी दिँदै उपसभापति शर्माले भने, “काँग्रेसको तर्फबाट मन्त्री, प्रधानमन्त्री वा वडाध्यक्ष जोसुकै भए पनि भ्रष्टाचारको मुद्दा दर्ता हुनासाथ तत्काल साधारण सदस्यबाट निष्कासित गरिनेछ। निर्दोष प्रमाणित भए फिर्ता आउन सक्नेछ, तर दोषीलाई कुनै छुट हुनेछैन।”

विदेशमा रहेका नेपालीहरूलाई देशको विकासमा जोड्न काँग्रेसले ‘जीडीपीपी’ अवधारणा ल्याएको उपसभापति शर्माले जानकारी दिएका छन्। उनले १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत परियोजनालाई राष्ट्रिय गौरवको रूपमा अघि बढाउने र डायस्पोराको लगानी सुनिश्चित गर्ने योजना सुनाएका छन्।

उनले थपे, “काठमाडौँको एयरपोर्टमा अङ्गालो मारेर बुद्ध जन्मेको देश नछोड भन्नाले युवाहरू रोकिँदैनन्, उनीहरूलाई भिजनले बाँध्नुपर्छ। बूढीगण्डकी परियोजनाबाट बिजुली मात्र होइन, माछापालन र पर्यटनको ठूलो सम्भावना पनि छ, जसले मधेशको सिंचाई र खानेपानी समस्या समाधान गर्न सहयोग पुर्‍याउनेछ।”

उपसभापति शर्माले मोरङ क्षेत्र नं. ३ का उम्मेदवार डा. सुनिल शर्मालाई भारी मतले विजयी गराउन अपिल गर्दै उनलाई “गरिबीको गहिराइबाट उठेर हजारौँको जीवन बचाएको सक्षम युवा” को रूपमा प्रस्तुत गरेका छन्।

उनले प्रत्येक कार्यकर्तालाई आफ्नो वडाको जिम्मेवारी लिन र ‘मेरो वडा म जिताउँछु’ अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्। शर्माले भने, “व्यक्ति सुनिल शर्मालाई मात्र होइन, सिङ्गो काँग्रेसको भिजनलाई जिताउनु पर्छ। २५ गते बिहान जब सुनिल शर्मा विजयी भएको खबर सुनिनेछ, त्यो नै क्षेत्रको समुन्नतिको शुरुवात हुनेछ।”

कार्यक्रममा उपसभापति शर्माले विपक्षीलाई गाली नगरी संस्कारयुक्त राजनीति गर्न र मतदाताको मन जितेर परिणाम निकाल्न कार्यकर्तालाई प्रेरित गरेका छन्।