१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका नेता तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू आफ्नो मुख्य चुनावी एजेण्डा रहेको बताएका छन् ।

पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. शर्माले काँग्रेसको मान्यताअनुसार ‘काँग्रेस बोल्छ कम, काम बढी गर्छ’ भन्ने गिरिजाप्रसाद कोईरालाको सिद्धान्त व्यवहारमा उतारेको दाबी गरे । उनले पथरीमा निर्माण भएको ३५ करोडको खानेपानी ट्याङ्की र ३० वर्षदेखि अलपत्र रहेको पथरी–डायनिया–सिक्टी व्यापारिक मार्गको निर्माण कार्यलाई आफ्नो प्रमुख उपलब्धि भएको उल्लेख गरेका हुन् ।

उनले गत ३५ वर्षदेखि सुकुम्वासीहरूले भोग्दै आएको धनीपुर्जा सम्बन्धी समस्या समाधानका लागि ठोस पहल गरेको बताए। साथै, शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो विशेष रुचि रहेको उल्लेख गर्दै, २५ वर्षदेखि रोकिएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको निर्णय गराउन सफल भएकोमा खुशी व्यक्त गरे। डा. शर्माले आगामी दुई हप्ताभित्र डाक्टर पढ्ने विद्यार्थी आउने र ५ वर्षभित्र ५०० शैय्याको अत्याधुनिक टिचिङ अस्पताल निर्माण हुने घोषणा गरे ।

उनले भने, “हामीले कानून बनाएर नापी पठाएपछि ५०० भन्दा बढीलाई धनीपुर्जा वितरण गरिसकेका छौँ। जेन–जी मुभमेन्टपछि केही समय रोकिएको यो प्रक्रिया नयाँ सरकार गठन लगत्तै पुनः सुरु हुनेछ र सबै नागरिकले निस्सा र धनीपुर्जा पाउनेछन्। हामीले क्षेत्रका ९० प्रतिशत सहायक बाटाहरू पिच गरिसकेका छौँ। बेलबारी, लेटाङ, लालभित्ती र सुन्दरहरैंचाका जनताले अब धुलो र हिलोबाट मुक्ति पाएका छन्।”

डा. शर्माले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कार्यकर्ताहरूलाई तयारीमा जुट्न निर्देशन दिनुहुँदै २०७९ को निर्वाचनमा जस्तै अपार माया र आशीर्वादको अपेक्षा गरे । उनले भने, “यहाँका आम नागरिकले मत दिनुभयो, अभूतपूर्व सद्भाव र प्रेम देखाउनुभयो। तपाईंहरूले २०८२ सालको निर्वाचनमा पनि त्यो भन्दा बढी सद्भाव र मत दिई हामीलाई विजयी गराउनुहुनेछ। हामी जनताका पक्षमा निरन्तर इमानदार भएर काम गर्नेछौँ।”