१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ६ सदस्यीय नेपाली टोली रुस जाने



अ+ अ-

काठमाडौँ । नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ ।

फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितमा चार पुरुष र एक महिला खेलाडीले नेपालबाट सहभागिता जनाउने छन् । पुरुष ७० किलोमा सनीसिंह सुनार, ७५ किलोमा सागर विष्ट, ८० किलोमा मुकेशकुमार चन्द र ३० किलोमा ब्रिनिश महर्जनले खेल्नेछन् ।

महिला ५५ किलोमा बबिता कार्कीले प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट सङ्घका ब्रान्च चिफसमेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।