२ आश्विन २०८३, शुक्रबार
,
Latest
माधव नेपालको चिन्ता–‘नेपाल कतै विदेशीहरुको खेलमैदान पो बन्ने हो कि’ दशैँ–तिहारलगत्तै सरकारको प्रतिक्रान्तीकारी षड्यन्त्रका विरुद्ध सडकमा उत्रिन्छौँः दाहाल मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक मौलिक हक कार्यान्वयनका लागि बाँकी कानून निर्माणलाई सरकारले प्राथमिकता दिएको छ : मन्त्री गौतम सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि तीनै तहबाट कार्यक्रम सञ्चालन : मन्त्री पोखरेल जलवायुजन्य विपद्बाट प्रभावित किसानलाई राहत प्रदेशमार्फत, कृषि बीमामा ८० प्रतिशतसम्म अनुदानः मन्त्री चौधरी ‘म मदनकृष्ण’को छायांकन सुरु संघीयता प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार र स्रोत दिनुपर्छ : मेचे चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक जलवायु न्यायका लागि क्षेत्रीय सहकार्य र प्रभावकारी कूटनीति आवश्यक : सांसद
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी न्यूनचापीय रेखाको प्रभावः आज हल्का वर्षाको सम्भावना



फाइल तस्बिर : हरिराम भेटुवाल/ रासस
अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । यी स्थानमा बादल लाग्नुका साथै हल्का मेघगर्जन सुरु भएको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् विभूती पोखरेलले माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखाका कारण आज देशका विभिन्न भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभएको छ । “आज साँझसम्म वर्षाको सम्भावना रहे पनि पश्चिमी न्यूनचापीय रेखा कमजोर हुँदै जाने भएकाले क्रमिक रूपमा सुधार हुने छ,” उहाँले भन्नुभयो ।

पोखरेलका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

तराईका केही क्षेत्रमा भने बिहीबार बिहानको समयसम्म नै हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसले विशेषगरी सवारी आवागमन र हवाई उडानमा सामान्य असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।