३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

डबल आईएसआईएन प्रणालीले पुँजी बजार विकृत बनायो : कमलेश अग्रवाल

डबल आईएसआईएन प्रणालीले पुँजी बजार विकृत बनायो : कमलेश अग्रवाल
अ+ अ-

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको पुँजी बजारमा लागू गरिएको ‘डबल आईएसआईएन’ प्रणालीका कारण बजार अविश्वसनीय र विकृत बनेको टिप्पणी गरेका छन् ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आयोजना गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले अन्तर्राष्ट्रिय अभ्यासअनुसार एउटै कम्पनीको शेयरको एउटै आईएसआईएन हुनुपर्नेमा जोड दिए । विगतमा बैंक, बिमा तथा वित्तीय संस्थाहरूको संस्थापक र सर्वसाधारण शेयरका लागि फरक–फरक आईएसआईएन नम्बर दिने नीतिनै अहिले देखिएको समस्याको जड भएको उनको भनाइ थियो ।

उनका अनुसार एउटै कम्पनीको समान प्रतिफल दिने शेयरमा दुईवटा मूल्य (ड्युअल प्राइस) कायम हुनु नीतिगत हस्तक्षेपको परिणाम हो, जसले बजारमा अनुमानित कारोबार (स्पेकुलेसन) बढाएको छ । “समान प्रतिफल दिने एउटै शेयरलाई एउटा वास्तविक र अर्को स्पेकुलेटिभ मूल्यमा लैजानु ठूलो गल्ती हो,” उनले भने ।

अलग–अलग आईएसआईएन प्रणालीले बजारलाई विभाजित गर्ने, शेयरको तरलता घटाउने र मूल्यमा अस्वाभाविक उतारचढाव ल्याउने उनको तर्क छ । उनले सूचकांक गणनामा पनि विकृति देखिएको उल्लेख गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एउटै कम्पनीका शेयर फरक–फरक आईएसआईएनका आधारमा गणना गर्दा वास्तविक बजार अवस्था प्रतिबिम्बित हुन नसकेको बताए । यसले नियमन र सुपरिवेक्षणलाई समेत कमजोर बनाएको उनको भनाइ छ ।

अध्यक्ष अग्रवालले यस्तो अभ्यासले नेपालको पुँजी बजार अपरिपक्व रहेको सन्देश दिने र विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने तर्क गरे ।

संस्थापक शेयरमा लागू गरिएको तीन वर्षे ‘लक–इन पिरियड’ ले समेत बजारमा शेयर आपूर्ति संकुचित पारेको उनको धारणा छ । उनले २० प्रतिशतसम्म सिलिङ राखेर बाँकी शेयर खुला गरिए आपूर्तिमा सन्तुलन आउने र मूल्यमा हुने अस्वाभाविक उतारचढाव न्यूनिकरण हुने सुझाव दिए ।

उनले भारतका ठूला उद्योगपतिहरूले सफल परियोजनापछि शेयर बिक्री गरेर नयाँ क्षेत्रमा लगानी गर्ने अभ्यासको उदाहरण दिँदै नेपालमा पनि लगानीकर्तालाई लगानी असुल गरी थप परियोजनामा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।

यसैगरी, अध्यक्ष अग्रवालले नियामक निकायहरू नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएससी पर्याप्त सुदृढ हुन नसक्दा बजारमा विकृति देखिएको टिप्पणी गरे ।

उनले पुँजी बजार आर्थिक वृद्धिको मेरुदण्ड भएकाले यसलाई थप सुदृढ, पारदर्शी र प्रभावकारी बनाउनु नेपालको दिगो आर्थिक विकासका लागि अपरिहार्य रहेको बताए ।आगामी दिनमा कम्पनीको वास्तविक प्रतिफल र आधारभूत मूल्यका आधारमा मूल्य निर्धारण हुने स्वस्थ र विश्वसनीय पुँजी बजारको विकास गर्नुपर्नेमा उनले जोड दिए।