१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायीलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन



अ+ अ-

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हालसम्म पनि करको दायरामा नआएका व्यावसायिक प्रतिष्ठानलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक वडाका टोलटोलमा रहेका व्यावसायिक प्रतिष्ठान (पसलहरू) मा पुगेर राजस्वका बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउन अभियान सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा अधिकारीले बताइन् ।

सोमबार भैरहवास्थित नगर कार्यपालिकाको कार्यालयमा बसेको राजस्व परामर्श समिति, सिद्धार्थनगरको बैठकले राजस्व ९कर० सम्बन्धी अभियान सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख अधिकारीले बताइन् ।उनले भनिन्,“कर दर नभई दायरा बढाउने हो, यसका लागि घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ ।”

राजस्व परामर्श समितिको संयोजकसमेत रहेकी अधिकारीले कर भन्नबित्तिकै धेरै हो कि भन्ने पनि बुझाइ पनि रहेको पाइएको बताइन् । त्यसैले पनि करको बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउनु अभियानको उद्देश्य रहेको उनले जानकारी दिइन्। निर्वाचनपछि यो अभियान सञ्चालन गरिने नगरपालिकाको प्रशासकीय अधिकृत कमलकान्त खनालले जानकारी दिए्।

त्यस्तै बैठकले सिद्धार्थनगर नगरपालिका–५ मा अवस्थित कृषि बजार भवन अन्तर्गत ९ए ब्लक० सञ्चालन गर्न सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । “भवन सञ्चालन हुन नसकेकोबारे बारम्बार कुरा उठिरहन्छ । यसको सञ्चालनका लागि विगतमा समिति गठन गरेका थियौं । समितिले एउटा रिपोर्ट पेस गरिसकेको हुनाले ए ब्लक सञ्चालनका लागि सूचना सम्प्रेषण गर्ने निर्णय गरिएको छ”, उनले भने । सिद्धार्थनगर नगरपालिकामा १३ वडा छन् ।