२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

धादिङ बस दुर्घटना अपडेटः मृत्यु हुनेमध्ये तनहुँका तीन जना, पाँच घाईते

धादिङ बस दुर्घटना अपडेटः मृत्यु हुनेमध्ये तनहुँका तीन जना, पाँच घाईते
तस्बिर : शंकर श्रेष्ठ/रासस
अ अ+ अ-

दमौली। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तनहुँका तीन जना रहेका छन् ।

मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ का ५५ वर्षीय विष्णुमाया ढकाल र भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको छ ।

यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का ४५ वर्षीय सोमप्रसाद मल्ल, म्याग्दे गाउँपालिका–६ का ४४ वर्षीय मानबहादुर थापा, व्यास नगरपालिका–५ की ३८ वर्षीया सुकमाया श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१२ की सदीक्षा हमाल र शुक्लागण्डकी नगरपालिका–४ का १८ वर्षीय सुविन मल्ल घाइते भएका छन् । उनीहरूको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस