२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

‘कर्मकाण्ड र ज्योतिष क्षेत्रमा काम गर्नेले शास्त्रसम्मत कर्म गर्नुपर्ने’

‘कर्मकाण्ड र ज्योतिष क्षेत्रमा काम गर्नेले शास्त्रसम्मत कर्म गर्नुपर्ने’
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कर्मकाण्ड र ज्योतिष क्षेत्रमा काम गर्नेले शास्त्रसम्मत कर्म गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आयोजना गरेको छमहिने ज्योतिष र कर्मकाण्ड प्रशिक्षणका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उहाँले कर्मकाण्ड र ज्योतिष पेसामा आबद्धहरूमा प्रलोभन बढी हुने गरेको र शास्त्रीय विधि पूरा नगर्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै शास्त्रसम्मत कर्म गर्नुपर्नेमा जोड दिनुभयो ।

“हाम्रो संस्कृति, परम्परा र शास्त्रहरूको महत्त्व धेरै छ, तिनलाई समय र परिस्थितिअनुरूप परिमार्जन र परिस्कृत गर्दै परिवेश अनुकूल बनाउनुपर्छ, तर लोप हुन दिनु हुँदैन, मौलिक संस्कृतिको संरक्षण र संवद्र्धनमा आज दीक्षित भएकाको भूमिका महत्त्वपूर्ण हुन्छ, विदेशमा बसेका नेपालीलाई पनि कर्मकाण्ड र ज्योतिषको आवश्यकता निकै हुने गरेको छ, नागरिकता त्यागेर विदेश गएकाहरूले पनि यी कुरा त्याग्न सकेका छैनन्, जहाँ पुगे पनि मौलिक संस्कृतिको अभ्यास गरिरहेका छन्,” सचिव निरौलाले भन्नुभयो ।

समितिले सञ्चालन गरेको छमहिने ‘ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षण’ पूरा गरी ५४ जना प्रशिक्षार्थीले प्रमाणपत्र पाउनुभएको छ । ज्योतिषमा ३६ र कर्मकाण्डमा १८ गरी ५४ जना दीक्षित हुनुभएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले बताउनुभयो ।

समितिले ज्योतिष र कर्मकाण्ड दुबै महत्त्वपूर्ण एवम् अत्यावश्यकीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ २०६२ सालदेखि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ । समितिका सदस्य प्रा डा देवमणि भट्टराई, पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीलगायतले छमहिने प्रशिक्षणबाट सिकेका विषयलाई असल अभ्यास गर्न र नजानेका विषय अग्रज एवं गुरुहरूबाट सिक्नुपर्नेमा जोड दिनुभयो ।

समितिका कार्यकारी निर्देशक पन्थीले कोषको कमजोर भौतिक एवम् नीतिगत पूर्वाधारबारे मन्त्रालयका सचिव निरौलाको ध्यानाकर्षण गराउनुभएको थियो । यसमा मन्त्रालयले सहयोग, सहजीकरण एवम् समन्वय गर्नुपर्ने उहाँको भनाइ थियो । समितिको कार्यालय व्यवस्थापन, हल, कोठा र माइक अभावदेखि कर्मचारी (लेखा), आन्तरिक कार्यविधि, तथा नीतिहरू निर्माणमा मन्त्रालयको साथ सहयोगका लागि पनि कार्यकारी निर्देशक पन्थीले अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षक एवम् नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सहप्राडा पुरुषोत्तम भट्टराईले स्रोतसाधन सीमित भए पनि निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयो । पछिल्लो समय भने ‘अनलाइन’ कक्षाको माग बढ्दै गएको पनि उहाँले जानकारी गराउनुभयो । रासस