२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

उपल्लो डोल्पाका हिउँ छिचोलेर घोडाबाटै सुरक्षा गस्ती

उपल्लो डोल्पाका हिउँ छिचोलेर घोडाबाटै सुरक्षा गस्ती
अ अ+ अ-

काँक्रेविहार । यही फागुन २१ गतेको चुनावलाई लक्षित गरेर हिउँले ढाकिएको उपल्लो डोल्पाको तीन पालिकामा नेपाली सेनाले घोडाबाट गस्ती सुरु गरेको छ । अक्सिजनको कमी हुनाका साथै हिउँले बाटो नै अवरुद्ध भएको उपल्लो डोल्पामा घोडाको प्रयोग गरेर सुरक्षा गस्ती सुरु भएको हो ।

अहिले उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्धको धो, छार्काताङसोकङको कागकोट र शे फोक्सुण्डोका सुम्दुवामा सेनाले आफ्नो बेस खडा गरेर निर्वाचन लक्षित सुरक्षा गस्ती गरिरहेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष रूपमा सम्पन्न गर्न सेनाले घोडा प्रयोग गरेर गस्ती सुरु गरेको सङ्ग्राम शार्दूल गुल्म सुलिगार्डका गुल्मपति (सेनानी) हरिश शाहीले जानकारी दिनुभयो । जिल्लाका आठवटै पालिकामा सैनिक बेस खडा गरेर सेनाले पेट्रोलिङ गरिरहेको पनि सेनानी शाहीले बताउनुभयो ।

जिल्लाका आठ ठाउँमा सेनाको निर्वाचन लक्षित सुरक्षा बेस क्याम्प खडा गरिएको छ । डोल्पामा ६८ मतदान केन्द्र स्थायी र दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार ११५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १८७ र पुरुष मतदाता ११ हजार ९२८ रहेका छन् । रासस