२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानले गेरको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु

अफगानिस्तानमा पाकिस्तानले गेरको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
अ अ+ अ-

एजेन्सी । अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको छ । आक्रमणमा ८० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको जियो न्यूजले इस्लामाबादको सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

पछिल्लो आत्मघाती आक्रमणको प्रतिक्रियामा पाकिस्तानले पनि यस क्षेत्रमा धेरै आक्रमण गरेको जनाइएको छ ।

लक्षित स्थानहरूमा नङ्गरहार, खोस्तमा ख्वारीजी मौलवी अब्बास सेन्टर, नङ्गरहारमा ख्वारीजी इस्लाम सेन्टर र ख्वारीजी इब्राहिम सेन्टर र पक्तिकामा ख्वारीजी मुल्लाह रहबर र ख्वारीजी मुखलिस यार रहेको जनाइएको छ ।

यस अघि पाकिस्तानका आन्तरिक राज्यमन्त्री तलाल चौधरीले सीमापार कारबाहीमा करिब ७० जना आतङ्ककारीलाई नि–सस्त्र बनाएको बताउनु भएको थियो ।

प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान, यसका सम्बद्धहरू र इस्लामिक स्टेट–खोरासन प्रान्त ९दाइश–खोरासन० का लागि पाकिस्तानी अधिकारीहरूले प्रयोग गर्ने शब्द फितना अल–खवारीजसँग सम्बन्धित शिविरहरूलाई लक्षित गरी आक्रमण गरिएको सरकारले जनाएको छ ।

जियो न्यूज कार्यक्रम “जियो पाकिस्तान“ सँग कुरा गर्दै चौधरीले अफगानिस्तान सीमापार आतङ्कवादको स्रोत बनेको आरोप लगाउनु भएको छ । उहाँले पाकिस्तानले आफ्ना नागरिकहरूको सुरक्षाका लागि आवश्यक उपायहरू अपनाइरहेको र करिब ७० हजार गुप्तचर–आधारित अपरेसनहरू घरेलु रूपमा सञ्चालन गरिएको उल्लेख गर्नु भएको छ जसको परिणामस्वरूप धेरैलाई पक्राउ गरिएको थियो ।

पाकिस्तानको सूचना र प्रसारण मन्त्रालयले आक्रमणलाई “सटीक र सही“ भन्दै इस्लामाबाद, बाजौर र बन्नुमा हालैका आत्मघाती बम विस्फोटहरूको प्रतिशोधात्मक प्रतिक्रिया भनेको छ । इस्लामावादले अफगानिस्तानको मिले–मत्तोमा आधारित आक्रमणहरू आयोजना गरिएको र टिटिपी र दाइश तत्वहरूसँग जोडिएको दाबी गरेको छ ।

उक्त आक्रमणले पक्तिका प्रान्तको बरमल क्षेत्र, नङ्गरहार प्रान्तको खोग्यानी जिल्ला, साथै घानी खेल, बेहसुद र अर्गुन क्षेत्रका ठाउँहरूलाई लक्षित गरेको बताइएको छ ।

चौधरीले सन् २०२० को दोहा सम्झौताको उल्लेख गर्दै अफगान तालिबानले अफगानिस्तानको भूमि आतङ्कवादका लागि प्रयोग गर्न नदिने वाचा गरेको बताउनु भएको छ । उहाँले काबुलको अन्तरिम प्रशासन आतङ्कवादी गतिविधि रोक्न असफल भएको आरोप समेत लगाउनु भएको छ ।

पाकिस्तानले आफ्नो सुरक्षा चिन्तालाई सम्बोधन गर्न कूटनीतिक र सैन्य स्तरका प्रयासहरू गरेको र राजनीतिक दलहरूलाई आतङ्कवाद विरुद्ध एकजुट हुन आग्रह गरेको उहाँले बताउनु भयो ।

पाकिस्तानको खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा हिंसामा वृद्धि भएपछि पछिल्लो आक्रमण भएको जनाइएको छ । विशेष गरी २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किए पछि हालैका वर्षहरूमा इस्लामाबाद र काबुल बिच तनाव बढेको जनाइएको छ ।

सन् २०२५ अक्टोबर मा, पाकिस्तानी सेना र अफगान तालिबान लडाकुहरू बिचको सीमा झडपका कारण दुवै पक्षको ठुलो क्षति भएको बताइएको छ । चरणवद्ध वार्ताका बावजुद, दुवै देशले स्थायी शान्ति हासिल गर्न संघर्ष गरेका छन् ।

यसैबीच, काबुलले यस अघि आतङ्कवादी समूहहरू अफगान क्षेत्रबाट सञ्चालन गर्ने इस्लामाबादको आरोपलाई अस्वीकार गर्दै पाकिस्तानको सुरक्षा चुनौतिहरू आन्तरिक विषय भएको बताएको छ ।