२ आश्विन २०८३, शुक्रबार
,
Latest
जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस् आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटको गौरमा सद्भाव र्‍याली



अ+ अ-

चन्द्रपुर । रौतहटको गौरमा आज बिहान सद्भाव र्‍याली निकालिएको छ । सामाजिक सद्भाव बिथोल्ने गरी भएको झडप र तोडफोडको घटनापछि रौतहटको सदरमुकाम गौरमा आज सद्भाव र्‍याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान ६ः३० बजेदेखि कर्फ्यू आदेश हटाएको जनाएको छ ।

कफ्र्यू हटेसँगै स्थानीयवासीको दैनिकी क्रमशः सामान्य बन्दै गएको छ । बजार, यातायात तथा शैक्षिक संस्था सञ्चालनतर्फ उन्मुख भएका छन् । सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले र्‍याली निकालिएको हो । गौर नगरपालिका–६ स्थित सव्गढाहाबाट सुरु भएको र्‍यालीले नगरका सपगढा गाउँका विभिन्न भागको परिक्रमा गरेको थियो ।

र्‍यालीमा हिन्दू तथा मुस्लिम समुदायका अगुवा, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेका थिए । सद्भाव र्यालिमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग सहयोग गर्न आग्रह गर्नुभयो । प्रशासनले कुनै पनि प्रकारका अफवाह र उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन पनि सर्वसाधारणलाई सचेत गराएको छ । कर्फ्यू हटाइएपछि गौर क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।