२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

टी–२० विश्वकपमा भारतको सबैभन्दा ठूलो हार, मिलर बने धेरै छक्का प्रहार गर्ने खेलाडी

टी–२० विश्वकपमा भारतको सबैभन्दा ठूलो हार, मिलर बने धेरै छक्का प्रहार गर्ने खेलाडी
अ अ+ अ-

एजेन्सी । भारतले २०२३ पछि अपराजित रहँदै आएको भारतले आईतबार दक्षिण अफ्रिकासँग हार बेहोरेको छ ।

दक्षिण अफ्रिकाले टी–२० विश्वकपको सुपर ८ चरणमा टीम इन्डियालाई ७६ रनले पराजित गर्दै १२ खेलको जितको श्रृंखला समाप्त पारेको हो । यो हार टी–२० अन्तर्राष्ट्रियमा रनको हिसाबले भारतको दोस्रो ठूलो हार पनि हो ।

प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेका जसप्रीत बुमराहले तीन विकेट लिएर भारतको लागि सर्वाधिक विकेट लिने बलरको कीर्तिमान कायम गरे । यस्तै, दक्षिण अफ्रिकाका डेभिड मिलर पनि भारतविरुद्ध सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बने ।

भारत र दक्षिण अफ्रिकाबिचको खेलमा बनेका शीर्ष रेकर्डहरूः

१. टी–२० विश्वकपमा भारतको सबैभन्दा ठूलो हार

टी–२० विश्वकपमा भारतले सबैभन्दा ठूलो हार बेहोरेको छ । यसअघि सन् २०१० मा अस्ट्रेलियासँग ४९ रन र २०१६ मा न्यूजिल्याण्डसँग ४७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । टी–२० अन्तर्राष्ट्रियमा भारतको यो दोस्रो ठूलो हार पनि हो । यसअघि उसले २०१९ को वेलिंग्टनमा न्यूजिल्याण्डसँग ८० रनले पराजित भएको थियो ।

२. टी–२० विश्वकपमा भारतको तेस्रो सबैभन्दा कम स्कोर

दक्षिण अफ्रिकाविरुद्ध १११ रनमा अलआउट भएको भारतको यो टी–२० विश्वकपको इतिहासमा तेस्रो सबैभन्दा कम स्कोर हो । यसअघि भारतले २०१६ मा न्यूजील्याण्डविरुद्ध ७९ र २०२१ मा न्यूजील्याण्डविरुद्ध ११० रन बनाएको थियो ।

३. भारत २०२३ पछि पहिलो पटक टी–२० प्रतियोगितामा पराजित

सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित गरेपछि भारत आईसीसी प्रतियोगितामा १८ खेलसम्म अपराजित रह्यो। अहमदाबादमा दक्षिण अफ्रिकासँगको यो हारसँगै भारतको जितको सिलसिला समाप्त भयो ।

यस्तै, टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि २०२२ को विश्वकप सेमिफाइनलमा इंग्ल्याण्डसँग पराजित भएपछि भारत पहिलो पटक पराजित भएको हो । यस अवधिमा टोलीले २३ खेल खेलेकोमा २१ जित , १ खेलमा हार र १ निर्णायक रह्यो ।

टी–२० विश्वकपमा पनि लगातार १२ खेल जितेको भारतले आईतबार हार बेहोरेको हो ।

४.विश्वकपमा सबैभन्दा धेरै विकेट लिने भारतीय बलर बुमराह

जसप्रित बुमराह टी–२० विश्वकपको इतिहासमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले ३३ विकेट लिएर अर्शदीप सिंह र रविचन्द्रन अश्विन (३२–३२ विकेट) को रेकर्डलाई पछि पारेका छन् । हार्दिक पाण्ड्या २९ विकेट लिएर चौथो स्थानमा र रविन्द्र जडेजा २२ विकेट लिएर पाँचौ स्थानमा छन् ।

५. मिलरको भारतविरुद्ध सबैभन्दा धेरै छक्का प्रहार

डेभिड मिलर भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । उनले २६ पारीमा ३९ छक्का प्रहार गर्दै ग्लेन म्याक्सवेल (३८) लाई पछि पारेका हुन् । निकोलस पूरन ३५ छक्कासहित तेस्रो स्थानमा छन् ।