२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

सियोलमा नेपाली राजदूत डा तुम्बाहाङफे सम्मानित

सियोलमा नेपाली राजदूत डा तुम्बाहाङफे सम्मानित
अ अ+ अ-

काठमाडौँ । दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड बेस्ट’ मार्फत विशेष सम्मान गरिएको छ ।

कोरिया कन्जुमर ग्लोबल काउन्सिलद्वारा सियोलमा आयोजित कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङफेसहित पेरु र किर्गिस्तानका राजदूत रहनुभएको छ ।

कार्यक्रममा विभिन्न कूटनीतिक व्यक्तित्व, व्यवसायिक प्रतिनिधि तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ । त्यस अवसरमा राजदूत डा तुम्बाहाङफेले उक्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई दक्षिण कोरियामा कार्यरत नेपाली कामदार, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न सम्पूर्ण नेपाली समुदायको सम्मान भएको बताउनुभयो । उहाँले यस सम्मानले नेपाल र कोरियाबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत तुम्बाहाङफेले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको उल्लेख गर्दै दुई देशबीच निरन्तर सहयोग, सहकार्य र मित्रतापूर्ण सम्बन्ध कायम रहेको जानकारी गराउनुभयो। उहाँले आगामी दिनमा पनि द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक तथा श्रम सहकार्यका क्षेत्रमा नयाँ सम्भावनाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा अन्य दुई देशका राजदूतहरूलाई पनि उपभोक्ता हित, अन्तरराष्ट्रिय सहकार्य तथा आपसी सम्बन्ध प्रवर्द्धनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।