२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’
अ अ+ अ-

भोजपुर । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा आधारभूत स्वास्थ्यसेवा पु¥याउन टेम्केमैयुङ गाउँपालिकाले आवश्यक पहल गरेको छ । आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम छ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको हो ।

यहाँका नौवटै वडामा एक÷एक वटा स्वास्थ्य चौकी रहे पनि स्वास्थ्य चौकीसम्म पुग्न टाढा दूरी पार गर्नुपर्ने नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको छ । दुर्गम तथा भौगोलिक रुपमा ठूलो रहेको यस गाउँपालिकाका स्थानीयले स्वास्थ्यसेवा लिन तीनदेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले स्वास्थ्य इकाइ सञ्चालन गरी सेवा प्रवाह गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार नागरिकलाई आवश्यक परेको खण्डमा तत्कालै प्राथमिक स्वास्थ्यसेवा उपलब्ध गराउने, सामान्य औषधि वितरण गर्ने, प्राथमिक उपचार गर्ने तथा जटिल अवस्थाका बिरामीलाई आवश्यक सल्लाह सुझावसहित रेफर गर्ने उद्देश्यले स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको हो ।

“भौगोलिक विकटताका कारण जनतालाई समयमै स्वास्थ्य सेवा लिन समस्या भइरहेको थियो,”अध्यक्ष बस्नेतले भन्नुभयो, “स्थानीयलाई सहज स्वास्थ्य सेवा दिन हामीले छ वटा आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएका छौँ । आगामी दिनमा सेवाको गुणस्तर र पहुँच दुवै विस्तार गर्ने योजना बनाएका छौँ ।”हाल भौगोलिक रूपमा विकट मानिएका वडा नं १ तिम्माको खम्बुखा, वडा नं २ का रुमला र वादुङ्ला, वडा नं ५ खावाको चोलन्ती तथा वडा नं ९ लेखर्कका वैराङ र काभ्रेमा स्वास्थ्य इकाइ सञ्चालनमा रहेका छन् । ती स्थानमा आधारभूत औषधि, प्राथमिक उपचार सेवा तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराइँदै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले दुर्गम भेगका स्थानीय सामान्य औषधि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य इकाइ स्थापना गरिएको बताउनुभयो । “मानिसको स्वास्थ्य नै धन हो,” उपाध्यक्ष राईले भन्नुभयो, “सहज रूपमा आधारभूत स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार हो । राज्यको सेवा नागरिकको घरदैलोमै पु¥याउने हाम्रो दायित्व हो ।” उहाँका अनुसार स्वास्थ्य सचेतना अभिवृद्धि, नियमित खोप सेवा, सुरक्षित मातृत्व कार्यक्रम तथा सरसफाइसम्बन्धी जनचेतनामूलक गतिविधिसमेत सञ्चालन गर्ने योजना रहेको छ ।

स्थानीयवासी गोरखबहादुर विष्टका अनुसार गाउँमै स्वास्थ्य इकाइ स्थापना भएपछि सिटामोल, जीवनजलजस्ता सामान्य औषधिका लागि घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

“पहिले सामान्य ज्वरो आउँदा पनि स्वास्थ्यचौकी पुग्न आधा दिन लाग्थ्यो,” उहाँले भन्नुभयो, “अहिले गाउँमै उपचार पाउँदा निकै सहज भएको छ ।”स्वास्थ्य इकाइ स्थापनासँगै स्थानीयमा स्वास्थ्य सेवाप्रति विश्वास बढेको छ । आकस्मिक अवस्थामा तत्काल उपचार पाउने वातावरण बनेको स्थानीयले बताएका छन् ।

दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पहुँचमा ल्याउने उद्देश्यसहित सुरु गरिएको यो अभियानले प्रत्यक्ष लाभ पुगेको स्थानीयको भनाइ छ । रासस