१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी

विद्युत् आपूर्ति नहुँदा समस्या

विद्युत् आपूर्ति नहुँदा समस्या
अ अ+ अ-

पाल्पा । नियमित विद्युत् आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परेका छन् । वर्षासँगै विद्युत् आपूर्तिमा समस्या हुँदा उपभोक्ता हैरानी भोग्ने बाध्य छन् । जिल्लामा अहिले लोडसेडिङ नभए पनि पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता समस्या झेल्न बाध्य छन् । कहिले र कति बेला विद्युत् अवरुद्ध हुन्छ, पत्तो नहुँदा उपभोक्ता विद्युत् उपभोगको समस्याबाट ग्रस्त छन् ।

हल्का हावाहुरी र वर्षा हुनासाथ विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको छ । अस्तव्यस्त विद्युत्लाइन विस्तार र पुराना काठका पोलका कारण नियमित विद्युत् आपूर्तिमा चुनौती बनेको छ । नियमित विद्युत् आपूर्ति नहुँदा सरकारी कार्यालयमा सेवाग्राहीलाई झन समस्या हुने गरेको छ ।

पछिल्लो समय अधिकांश सरकारी कार्यालयमा अनलाइन प्रणाालीबाट कार्यसम्पादन गर्दा विद्युत् नहुँदा टाढाबाट आएका सेवाग्राहीलाई सास्ती हुने गरेको छ । प्रजिअ उमेशकुमार ढकालका अनुसार विद्युत् नियमित आपूर्ति नहुँदा सयौं सेवाग्राही काम नगरी घर फर्किन बाध्य हुनुपर्ने अवस्था छ । उहाँले विद्युत् आपूर्ति नियमित बनाउन जिल्ला विद्युत् प्राधिकरणलाई निर्देशनसमेत दिनुभएको छ ।

विद्युत् प्राधिकरणका प्रमुख सुशील पौडेलका अनुसार पुरानो लाइन विस्तार र पुराना पोलका कारण नियमित विद्युत् आपूर्तिमा समस्या देखिएको छ । बुटबलबाट लाइन ल्याउनुपर्ने बाध्यताका कारण पनि नियमित रूपमा विद्युत् आपूर्ति हुनसकेको छैन । बुटबलबाट पटक–पटक लाइन काटिने समस्या छ ।

दुरसञ्चार कार्यालयका प्रमुख सन्तोष भण्डारीले विद्युत् भएको क्षेत्रमा मात्र सहजरूपमा फोन र इन्टरनेट सेवा प्रवाह हुने बताउनुभयो । उहाँले विद्युत् सेवा बिना फोन र इन्टरनेट सञ्चालनमा ल्याए पनि समस्या रहेको जानकारी दिनुभयो । जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेटको सहज पहुँच छैन ।