१० असार २०८३, बुधबार
,
Latest
छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिन देशभर वर्षा र हिमपात



अ+ अ-

काठमाडौं । न्युनचापीय वायुका कारण देशभर दुई दिन हल्का वर्षा र हिमपात हुने भएको छ । बुधबार र बिहीबार काठमाडौं लगायत पश्चिमी क्षेत्रमा केही वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने भएको छ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। पूर्वी भू-भागमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ।

राती देशभर सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान हिमपात हुने सम्भावना रहेको छ।

बिहीबार दिउँसो केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राती पनि पश्चिमका एक-दुई स्थान साथै मध्य र पूर्वका थोरै स्थानमा वर्षाको संभावना रहेरहेपनि शुक्रबारदेखि मौसम क्रमश: सफा हुँदै जाने छ । देशको मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ। शुक्रबार राती देशभर मौसम सफा रहनेछ।

देशका केहि स्थानहरूमा वर्षा र हिमपातको कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिन महाशाखाले सचेत गरेको छ ।