३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकारले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्नुपर्छः काँग्रेस

सरकारले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्नुपर्छः काँग्रेस
अ+ अ-

काठमाडौँ ।  नेपाली काँग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

आईतवार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका प्रवक्ता देवराज चालिसेले सो माग गर्नुभएको हो ।

उहाँले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यस्तो वातावरणको सुनिश्चित गर्ने कर्तव्यप्रति सरकारलाई सचेत रहन पनि आग्रह गर्नुभयो । काँग्रेसले जनताको मताधिकार गर्ने अधिकार दायाँवायाँ गर्ने छुट सरकार नभएको पनि सरकारलाई भनेको छ ।

प्रवक्ता चालिसेले भन्नुभयो,‘निर्वाचनको निष्पक्षतासाथ भयरहित, शान्तिपूर्ण र जनताले स्वतन्त्र रुपमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार हो । हामीले बारम्वार भनेका छौ कि शासनको वैधताको स्रोत जनताको मताधिकार हो । यसमा दायाबाँया गर्ने छुट सरकारलाई छैन । हामी निर्वाचनलाई निष्पक्ष गराउने जिम्मा लिएको सरकार निष्पक्ष हुने वातावरण सुनिश्चित गर्न फेरी पनि म तपाईहरुमार्फत अनुरोध गर्न चाहन्छु । नेपाली काँग्रेसले अहिलेसम्म शंका गरिसकेका छैन । तर निष्पक्षताको वातावरण निर्माण गर्ने सरकारको कर्तव्य हो भन्ने कुरामा ऊ सचेत हुन जरुरी छ ।’

पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका धेरै नेता, कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेको दाबी समेत गर्नुभयो ।