२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

टी–२० विश्वकपः भारतविरुद्ध दक्षिण अफ्रिकालाई बदला लिने मौका

टी–२० विश्वकपः भारतविरुद्ध दक्षिण अफ्रिकालाई बदला लिने मौका
सन् २०२४को टी–२० विश्वकपको फाईनल खेल खेल्दै भारत र दक्षिण अफ्रिका ।
अ अ+ अ-

एजेन्सी । टी–२० विश्वकप क्रिकेटको सुपर–८ चरणको तेस्रो खेलमा आज साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिका भिड्दैछन् ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेबाट सुरु हुने छ ।

यसअघिको सन् २०२४ को संस्करणको फाइनलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा १७६ रन बनाएको थियो । लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोलीले ८ विकेट गुमाएर १६८ रन मात्रै बनाएको थियो। जुनबेला भारत ७ रनले जित्दै १७ वर्षपछि टी–२० विश्व च्याम्पियन बनेको थियो । आज दक्षिण अफ्रिका उक्त दिनको बदला लिने सोचमा खेल्नेछ ।

भारत र दक्षिण अफ्रिका समूह चरणमा आ–आफ्नो समूहको शीर्ष स्थानमा रहँदै सुपर आठमा पुगेका हुन् । भारतले अमेरिका, नामिबिया, पाकिस्तान र नेदरल्याण्डलाई हराएको थियो भने दक्षिण अफ्रिकाले पनि क्यानडा, अफगानिस्तान, न्युजिल्यान्ड र युएईलाई हराउँदै समूह डी को शीर्ष स्थानमा रह्यो ।

दक्षिण अफ्रिकासँग भारतले ६० प्रतिशत खेल जितेको छ

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा टीम इंडियाले दक्षिण अफ्रिकासँग सन् २००६ मा पहिलो खेल खेलेको थियो । जसमा भारतले ६ विकेटले खेल जितेको थियो ।

त्यसयता टी–२०मा भारत र दक्षिण अफ्रिकाबीच ३५ खेल खेलिएको छ । जसमा भारतले २१ खेल जितेको छ भने दक्षिण अफ्रिकाले १३ खेल जितेको छ । एक खेल भने नतिजाबिहिन रह्यो । विश्वकपमा भने यी दुई टोली ७ पटक आमनेसामने भएका छन् । जसमा भारतले ५ र दक्षिण अफ्रिकाले २ खेल जितेका छन् ।

इशान भारतका सर्वाधिक रन स्कोरर

यस विश्वकपमा भारतीय टोलीका लागि इशान किशन र वरुण चक्रवर्तीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । इशानले उत्कृष्ट स्कोर ७७ रन सहित ४ खेलमा १७६ रन बनाएका छन् । यससँगै वरुणले ४ खेलमा ९ विकेट लिएका छन् ।

दक्षिण अफ्रिकाका एनगिडी टप बलर

यस विश्वकपमा दक्षिण अफ्रिकाका लागि ब्याटिङमा कप्तान एडेन मार्कराम उत्कृष्ट लयमा छन् । उनले उत्कृष्ट ८६ रनको नटआउटसहित ४ खेलमा १७८ रन बनाएका छन् । बलिङमा लुंगी एनगिडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ३ खेलमा ८ विकेट लिएका छन् ।

पिच रिपोर्ट 

अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको पिच ब्याटिङमैत्री मानिन्छ। यहाँको सतह पूर्णतया समतल छ र ब्याटिङ एकदमै सजिलो छ। अहमदाबादमा हालसम्म १२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन् । जसमा पहिले ब्याटिङ गर्ने टोलीले ८ खेल जितेको छ भने पछ्याउने टोलीले ४ खेल जितेको छ । यहाँको उच्चतम टिम स्कोर २३४/४ हो, जुन भारतले २०२३ मा न्युजिल्यान्ड विरुद्ध बनाएको थियो। यस मैदानमा पहिलो इनिङ्सको औसत स्कोर लगभग १९० रन रहेको छ ।

सम्भावित प्लेइङ – ११

भारतः इशान किशन (विकेटकीपर), अभिषेक शर्मा, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), रिंकु सिंह, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वरुण चक्रवर्ती, अर्शदीप सिंह, जसप्रित बुमराह।

दक्षिण अफ्रिकाः एडेन मार्कराम (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), रायन रिकेल्टन, डेवाल्ड ब्रुइस, डेभिड मिलर, ट्रिस्टन स्टब्स, मार्को यान्सन, कार्बिन बोश, केशव महाराज, कागिसो रबाडा, लुंगी एनगिडी।