५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनी जहाज दुर्घटनामा कुन देशका कति नागरिक परे ?



अ+ अ-

इरान । बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटनामा मृतकको परिचय खुलेको छ।

१६८ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७-८०० जहाज बुधबार बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो।

जहाज दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको युक्रेनका परराष्ट्रमन्त्री भ्यादाइम प्रिस्टाइकोले ट्वीटरमा जानकारी दिएका छन्।

युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि इरानमा दुर्घटना भएको थियो ।

युक्रेन इन्टरनेशनल एयरलाइन्सले पत्रकार सम्मेलन गर्दै जनवरी ६ मामात्रै जहाज जाँचेको र कुनै पनि कमजोरी नदेखिएको बताएको छ। बोइङले उक्त जहाज सन् २०१६मा एयरलाइन्सलाई हस्तान्तरण गरेको थियो।

गत वर्ष बोइङका ७३७ म्याक्स मोडलका दुई जहाज लगालग दुर्घटनामा परेपछि अहिले उक्त जहाजको उत्पादन बन्द गरिएको छ।