११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २७ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो ।

आज ३२४ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ७२ हजार १०४ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक आज रातो देखिएको छ । बैंकिङ शून्य दशमलव ५२, विकास बैंक एक दशमलव ४१, वित्त शून्य दशमलव ५६, होटल तथा पर्यटन एक दशमलव शून्य नौ, जलविद्युत् एक दशमलव ८१, लगानी शून्य दशमलव ९४ र जीवन बिमा शून्य दशमलव ७३ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक दशमलव शून्य दुई, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फण्ड शून्य दशमलव २२, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार तीन दशमलव ५९ र अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ । सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू ६३ करोड ४२ लाख ४० हजार १०१ बराबरको १७ लाख ८२ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ ।