२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

‘इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि हट्दैनौँ’

‘इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि हट्दैनौँ’
अ अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि नहट्ने बताउनुभएको छ ।

आर्थिक पत्रकार समाजले आईतवार राजधानीमा गरेको कार्यक्रममा लामो समयदेखि तयारी गरिएको कार्यक्रम अब कार्यान्वयनको चरणमा पुगेको बताउँदै इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि नहट्ने बताउनुभएको हो । उहाँकाअनुसार २० वर्षदेखि तयारी गरिएको कार्यक्रम अहिले लागू गर्न लागिएको हो । कार्यक्रम पूर्ण कार्यान्वयनमा आउन एकदेखि डेढ वर्षसम्म लाग्नसक्छ । इथानोलको गुणस्तर मापदण्ड तय गर्नुपर्ने भएकाले त्यसको तयारी भइरहेको उहाँले बताउनु भयो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले भन्नुभयो– ‘२० वर्षदेखिको कार्यक्रम हामीले लागू गर्न नसकेकै हो । अब यो निर्णयको चरणमा गएर राजपत्रमा आउँदैछ । आगामी दिनमा कार्यविधि, नीति नियम पनि बन्दैछन् । यसले मार्गनिर्देश पनि गर्नेछ । यो कार्यक्रमलाई अब फेल हुन दिने छैनौँ ।’
उहाँले यो निर्णय कार्यान्वयनमा आएर प्रतिफल देखिन कम्तिमा २ वर्ष लाग्ने अनुमान गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पेट्रोलमा इथानोल मिश्रणका लागि विगतमा गरिएको अध्ययनबाट व्यवहारिक देखिएकाले इथानोल मिश्रणसम्बन्धी आदेश सरकारबाट आएको जानकारी दिनुभयो ।

सचिव कार्कीकाअनुसार सबै इन्धनको सकारात्मक र नकारात्मक पाटोलाई विश्लेषण गरेर अघि बढ्नुपर्छ । पेट्रोलमा इथानोल मिश्रण मुलुकको हितमा रहेको बताउँदै उहाँले प्रतिनिधि सभा निर्वाचनपछि बन्ने सरकारले पनि यो नीतिलाई निरन्तरता दिने विश्वास उहाँले गर्नुभयो ।

उहाँले इथानोलको मूल्य भारतमा घटबढ हुँदा भोलीका दिनमा नेपालमा सस्तो हुँदा भारत जाने र नेपालमा महँगो भारतमा सस्तो हुँदा नेपाल आउने खतरा रहेकाले त्यसमा समेत अहिल्यै ख्याल गर्नुपर्ने बताउनु भयो । सचिव कार्कीले भन्नुभयो–‘भारतसँग खुल्ला नाका भएका कारणले ससाना परिणाममा भारतसँगको इथानोलको मूल्य घटबढ हुँदा नेपालतिर सस्तो हुँदा भारतमा जाने र नेपालमा महँगो भारतमा समस्तो हुँदा नेपाल आउने सम्भावना छ । यसलाई हामीले मध्यनजरमा राख्नुपर्छ । मूल्य निर्धारण समीतिले त्यसमा ख्याल गर्नुपर्छ । गुणस्तर विभागले गुणस्तरमा ध्यान दिनुपर्छ । आयल निगमले तयारीको काममा ध्यान दिनुपर्छ भने खरिद गरेर ढुवानी भण्डारणमा इकुमेन्टहरु चेञ्ज गर्नुपर्ला तयारीमा लागौँ ।’

उद्योग मन्त्रालयका सहसचिव शिवराम पोखरेलले मन्त्रिपरिषद्ले गत पुसमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले हालसम्म नेपालमा व्यावसायिक रूपमा इथानोल उत्पादन नभएको बताउँदै यो आदेशले उत्पादनका लागि बाटो खोलिदिनेछ । सरकारले शिघ्र इथानोलको न्युनतम मूल्य सिफारिस गर्ने, गुणस्तर निर्धारण गर्ने र उत्पादनका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाउने उहाँले जानकारी दिनुभयो । उनकाअनुसार इथानोल मिश्रणसम्बन्धी आदेश राजपत्रमा प्रकाशित भएपछि मूल्य निर्धारण समिति गठन भई उत्पादन क्षमताका आधारमा कम्पनी छनोट गरिनेछ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले इथानोल मिश्रण कार्यक्रम कार्यान्वयन गर्दा मूल्य, गुणस्तर र बजार नियमन स्पष्ट हुनुपर्ने बताउनु भयो ।  उपभोक्ता अधिकारकर्मी तिमल्सिनाले भन्नुभयो–‘इथानोलको मूल्य, गुणस्तर, नापतौलका विषयमा सरकारले आश्वस्त पार्नुपर्छ । सरकारले आश्स्त पारेर अघि नबढेसम्म यो कार्यक्रम सफल हुन सक्ने देखिँदैन । लगानी, रोजगगारीका कुराहरु सुन्दा आकर्षक रमाइला लाग्छन् भोलि त्यसले ठूलो समस्या पार्न सक्छ ।’
उहाँले इथानोलको मूल्य उत्तारचढाव, नियमन र अनुगमनका स्पष्ट व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै गुणस्तरीय उत्पादन र प्रभावकारी बजार नियमन नभए आयात प्रतिस्थापनको लक्ष्य पूरा नहुने बताउनु भयो ।

कार्यक्रममा नेपाल चिनी उत्पादक संघका अध्यक्ष सशिकान्त अग्रवालले नेपालमा वार्षिक करिब दुई लाख ४० हजार मेट्रिकटन चिनी खपत हुने गरेकामा करिव दुई लाख मेट्रिकटन मात्रै आन्तरिक उत्पादन भइरहेको जानकारी दिनुभयो । दुई वर्षभित्र आत्मनिर्भर बन्न सकिने सम्भावना रहेको बताउँदै उहाँले इथानोल मिश्रणको निर्णय भए पनि कार्यविधि र कार्यान्वयन योजना स्पष्ट नभएको बताउनु भयो ।