१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहालको प्रतिवेदन : पूर्व माओवादी नेताहरुको बुझाई, कार्यकर्ता केही वर्ष अरू झुक्किने भए !



अ+ अ-

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको जारी आठौं महाधिवेशनमा एक्काइसौं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि पूर्व माओबादीका नेताहरुले विभिन्न टिका टिप्पणी गरेका छन् ।

दाहालका पूर्व सहयात्री डा. बाबुराम भट्टराईले दाहालको प्रतिवेदनलाई एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो भन्दै टिप्पणी गर्नुभएको छ । डा. भट्टराईले सामाजिक संञ्जालमा लेख्नु भएको छ- "फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो ! अबोध कार्यकर्ता केही वर्ष अरू झुक्किने भए !"

डा.भट्टराई जस्तै हाल राजनीतिक विष्लेशकका रुपमा भएका पूर्व माओबादीका नेता मुमाराम खनालको बुझाईमा नयाँ जनवादी क्रान्ति आइसके जस्तै उनलाई जेजेवाद ल्याउनु परेको हो, त्यो यहि हो र आईसक्यो भन्दिए आनन्दै हुन्थ्यो। र, उनलाई पनि यो बुढेसकालमा शान्ति मिल्थ्यो भन्दै ब्यग्य गर्नुभएको छ ।

प्रचण्डको दस्तावेजमा 'काँग्रेस अर्थात पूँजिवादीसँग मिलेर आफ्नै विशिष्टतामा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको' दावी गरिएको छ। यसरी नै एकाध बर्षमैं 'समाजवादी क्रान्ति' पनि आफ्नै मौलिक ढंगले सम्पन्न भएको दावी सहितको दस्तावेज आउने निश्चित जस्तै देखियो।

अनेक खालको बिढंगो गर्नुभन्दा प्रचण्ड कणको यो तरिका मलाई बहुत अच्छा लाग्यो। 'नयाँ जनवादी क्रान्ति' आइसके जस्तै उनलाई जेजे'वाद' ल्याउनु परेको हो- 'त्यो यहि हो' र 'आईसक्यो' भन्दिए आनन्दै हुन्थ्यो। र, उनलाई पनि यो बुढेसकालमा शान्ति मिल्थ्यो।

यसैगरी माओबादीका पूर्व नेता एवं हाल व्यवसायीक रुपमा कृषी कर्ममा रमाउनु भएका लोकेन्द्र बिष्टको बुझाई पनि फरक खालको रहेको छ । उहाँले लेख्नुभएको छ 'दस्तावेज सोचे भन्दा धेरै माथिबाटआयो रे बरु धर्तीमा अवतरण पो हुन्छ कि हुन्न ? भन्दै टिप्पणी गर्नुभएको छ ।

गत आइतवारदेखि काठमाडौंमा शुरू भएको महाधिवेशनको दोस्रो दिन प्रचण्डले करीब साढे २ घण्टा  लगाएर राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । 

प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिबेदनको पूर्णपाठ :