२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।

गोरखापत्र संस्थानले आईतवार आयोजना गरेको कार्यक्रममा उहाँले केही तत्वहरुले निर्वाचन बिथोल्ने प्रयास गरेपनि त्यो प्रयास सफल नहुने बताउनुभएको हो ।

उहाँले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गर्नुभयो । अझै पनि केही उम्मेद्वारहरुले आफूलाई निर्वाचनको वारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्नुहुँदै भ्रममा नपरि निर्वाचनको प्रचारप्रसारमा लाग्न सुझाव दिनुभयो । उहाँले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्नसक्ने उल्लेख गर्नुभयो । अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उहाँको भनाई छ । निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहो¥याउँदै उहाँले निर्वाचनको वातावरण विथोलिने अवस्था अब नबन्ने जिकिर गर्नुभयो ।

राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचार–प्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उहाँको भनाइ छ । नयाँ पुराना सबै शक्तिहरुले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको उहाँको दाबी छ । नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य र आकांक्षा राखेर बसेका व्यक्तिहरूलाई भ्रममा पारेर, धमिलो पानीमा माछा मार्ने प्रयास सफल हुने उहाँले बताउनु भयो । निर्वाचन विथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । साथै, वातावरण निर्माणमा देखिएका कमजोरी सुधार गर्न सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘केही कुण्ठित व्यक्तिहरुले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागी नचाहिने हल्लाहरु गर्न सक्छन्, उनीहरुको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन् । अब निर्वाचनको वातावरण विथोलिने वातारण बन्दैन । जसरी पनि निर्वाचन सम्पन्न हुन्छ । कि निर्वाचनको विकल्प देखाएर नेपालमा सुशासनको प्रवाह यसरी हुन्छ, भनेर वैकल्पिक मार्ग देखाउनुस् । अनि त्यो बेलामा हामी के रहेछ भनेर सोच्न सकुँला तर निर्वाचन चाहीँ विथोल्न सक्दैनौ । तोकिएको मितिमा तोकिएको समयमा फागुन २१ गते विहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान प्रक्रियाको समय छ, त्यो सम्पन्न हुन्छ । निर्वाचन हुन्छ, निर्वाचनको विकल्प निर्वाचन नै हो । निर्वाचनलाई विथोल्ने प्रयास कहीबाट पनि नगरियोस् । यो मैले भनिरहँदा निर्वाचन आयोगको कमजोरी पनि नसोचियोस् । निर्वाचन आयोजले निर्वाचन गर्छ ।’

‘राजनितिक दल, उम्मेद्वार, राजनितिक दलका कार्यकर्ताहरु सबै आ–आफ्नो ठाउँमा निर्वाचन प्रचारप्रसारमा गईराख्नुभएको छ । उहाँहरुले पनि निर्वाचन बाहेक अर्को वैकल्पिक मार्ग देखिरहनुभएको छैन । भदौ २७ गतेभन्दा अगाडीको शक्ति र भदौ २३ र २४ को विद्रोहपछि उठेको अर्को नयाँ शक्ति यी दुबै शक्तिको संयोजन पनि निर्वाचन बाहेक अरु केही देख्नुभएको छैन । उहाँहरु निर्वाचनमा लागिराख्नु भएको छ । अब यसरी निर्वाचन गरेर नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य राखेर, आकांक्षा लिएर बसिरहेका व्यक्ति र व्यक्तिहरुलाई कसैले निर्वाचन विथोलिन्छ, अलिकति धमिलो पानीमा माछा मार्न पाईयो भने यसो केही समय खेल्न पाइन्छ भन्ने होला, त्यो हुँदैन । त्यो गर्न पाइँदैन, त्यस्ता कार्यहरु सरकारले वर्जित गर्ला, निर्वाचन आयोगले पनि नजिकैबाट नियालीरहेका छौँ । यो यो कमजोरी भो सरकार यसलाई सच्याएर निर्वाचनको वातावरण बनाउन भन्छौँ ।’ 

उहाँले निर्वाचन आचारसंहिता पालना गर्न पनि सम्बन्धित सबैसंग आग्रह गर्नुभयो । केही सञ्चारमाध्यामहरुले मत सर्वेक्षण गरिरहेको उल्लेख गर्दै उहाँले मत सर्वेक्षण नगर्न पनि आग्रह गर्नुभयो । आफूले पटकपटक मत सर्वेक्षण नगर्न आग्रह गरेपनि केही सञ्चारमाध्यामहरुले नटेरेको उहाँको गुनासो छ । उहाँले आचारसंहिता विपरितको कार्य गरिरहे कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिनुभयो ।