५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

अमेरिका–इरान द्वन्द: मध्यपूर्वमा रहेका नेपालीहरु सबै त्रसित, नेपाल फिर्ता ल्याउन पहल हुँदै

अमेरिका–इरान द्वन्द: मध्यपूर्वमा रहेका नेपालीहरु सबै त्रसित, नेपाल फिर्ता ल्याउन पहल हुँदै
अ+ अ-

काठमाडौं । अमेरिका–इरानबीच चर्किंदै गएको द्वन्दले मध्यपूर्वमा रहेका नेपालीहरु त्रसित हुन थालेका छन् । विशेष गरी इराकमा रहेका नेपालीहरु त्रसित अवस्थामा रहेपनि निरन्तर नेपाली दूतावासको सम्पर्कमा रहेको बताएका छन् । अमेरिकाले इरानका एकजना सैन्य जनरलको ह’त्या गरेपछि त्यसको जवाफमा इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा क्षेप्यास्त्र प्रहार गरेपछि थप तनाव उत्पन्न भएको छ । द्वन्द्वग्रस्त इराकमा करिब १५ हजार जति नेपालीहरू कार्यरत रहेको त्यहाँस्थित नेपालीहरूले बताएका छन् ।

उनीहरु सुरक्षा गार्ड, सेफ, वेटरका साथै घरेलु कामदारका रूपमा समेत कार्यरत छन् । उनीहरुका अनुसार अहिले अन्य देशले आफ्ना नागरिकलाई स्वदेश फर्काउन सुरु गरिसकेका छन् । इरान–अमेरिका तनाव बढ्दा उनीहरूको लडाइको केन्द्र इराक हुने देखिएका बेला विभिन्न देशहरूले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन थालेका हुन् । त्यहा रहेका नेपालीहरुका अनुसार भारतले आफ्ना नागरिकलाई स्वदेश फिर्ता बोलाउन थालिसकेको छ । अधिकाशं सडकहरु अहिले दिउसै सुनसान हुन थालिसकेका छन् भने बजार पसल पनि सामान्य रुपमा मात्र खुलेका छन् ।

इराकको एक होटलमा लामो समयदेखी काम गरिरहेका गोरखाका जीतमान गुरुङका अनुसार अहिले बम प्रहार भएका केही अवाजहरु भने सुनिएको बताएका छन् । यद्यपि तत्कालै अवस्था भने नबिग्रएको र यस्तै अवस्था रहे केही दिनपछि खतरा हुन सक्ने औंल्याए । यता, इराक हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि केही नेपालीहरूसँग सम्पर्क गरेको बताइएको छ । सो दूतावासले त्यहा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको र अवस्था बिगर्ने वित्तिकै उद्धारमा जुटने बताएको छ ।

यसैबीच, परराष्ट्र मन्त्रालयले आफ्ना कूटनीतिक नियोग र महावाणिज्यदूतका कार्यालयहरूलाई उच्च सतर्कता ९हाई अलर्ट०मा रहन निर्देशन दिएको छ । इरान–अमेरिका आमनेसामने भएपछि २० पुसमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा श्रममन्त्री रामेश्वर राय यादव, परराष्ट्र सचिव शंकरदास वैरागी र श्रम मन्त्रालयका सचिव विनोद केसी लगायतको उपस्थितिमा छलफल गरी कूटनीतिक नियोग र महावाणिज्यदूतका कार्यालयहरूलाई तीन बुँदे निर्देशन दिइसकेको छ ।इराकका छिमेकी देशहरू इरान–अमेरिका तनावको चेपुवामा छन ।

यूनाइटेड अरब इमिरेटस् (यूएई) र साउदी अरबमा समेत इरान–अमेरिका तनावको बाछिटा पुगिसेको छ । कुनै पनि बेला ती देशहरूमा समेत आक्रमण हुनसक्ने आकलन हुन थालेको छ ।वैदेशिक रोजगारीका लागि दुबई र साउदी अरबमा लाखौं नेपालीहरू कार्यरत छन् । त्यसैगरी, इजरायल, लेबनान, जोर्डन र सिरियामा पनि वैदेशिक रोजगारीका लागि नेपालीहरू पुगेका छन् । इराक–अमेरिका तनावको असर अफगानिस्तान, अजरबैजान लगायतका देशमा केही क्षेत्रमा पनि पर्न सक्ने आकलन विदेशी सञ्चार माध्यममा आएका छन् ।

त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षामा ध्यान दिन र समस्या परेमा जुनसुकै बेला उद्धार गर्न सक्ने तयारी अवस्थामा रहन कूटनीतिक नियोगलाई निर्देशन दिइएको छ । परराष्ट्र मन्त्रालयको जारी गरेको निर्देशनमा ती देशहरूको परिस्थितिको मूल्यांकन गरी नियमित रूपमा परराष्ट्र मन्त्रालयमा जानकारी गराउन भनिएको छ । त्यसैगरी, मध्यपूर्वी देशहरूमा रहेका नेपाली नागरिकसँग नियमित र निकट सम्पर्कमा रहन र नेपाली नागरिकलाई पनि नेपाली नियोगहरूसँग नियमित सम्पर्कमा रहन अनुरोध गर्न भनिएको छ ।

त्यसैगरी, मध्यपूर्वी देशहरूमा रहेका नेपालीहरूलाई अति आवश्यक पर्दा बाहेक धेरै लामो यात्रामा ननिस्कन पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । कूटनीतिक नियोगले दिएको रिपोर्टको बारेमा छलफल गरी आवश्यक योजना बनाउनको लागि २४ पुसमा परराष्ट्रमन्त्रीको समन्वयमा पुनः बैठक बस्न लागिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् । सौर्य दैनिकबाट