• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

अमेरिका–इरान द्वन्द: मध्यपूर्वमा रहेका नेपालीहरु सबै त्रसित, नेपाल फिर्ता ल्याउन पहल हुँदै



काठमाडौं । अमेरिका–इरानबीच चर्किंदै गएको द्वन्दले मध्यपूर्वमा रहेका नेपालीहरु त्रसित हुन थालेका छन् । विशेष गरी इराकमा रहेका नेपालीहरु त्रसित अवस्थामा रहेपनि निरन्तर नेपाली दूतावासको सम्पर्कमा रहेको बताएका छन् । अमेरिकाले इरानका एकजना सैन्य जनरलको ह’त्या गरेपछि त्यसको जवाफमा इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा क्षेप्यास्त्र प्रहार गरेपछि थप तनाव उत्पन्न भएको छ । द्वन्द्वग्रस्त इराकमा करिब १५ हजार जति नेपालीहरू कार्यरत रहेको त्यहाँस्थित नेपालीहरूले बताएका छन् ।

उनीहरु सुरक्षा गार्ड, सेफ, वेटरका साथै घरेलु कामदारका रूपमा समेत कार्यरत छन् । उनीहरुका अनुसार अहिले अन्य देशले आफ्ना नागरिकलाई स्वदेश फर्काउन सुरु गरिसकेका छन् । इरान–अमेरिका तनाव बढ्दा उनीहरूको लडाइको केन्द्र इराक हुने देखिएका बेला विभिन्न देशहरूले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन थालेका हुन् । त्यहा रहेका नेपालीहरुका अनुसार भारतले आफ्ना नागरिकलाई स्वदेश फिर्ता बोलाउन थालिसकेको छ । अधिकाशं सडकहरु अहिले दिउसै सुनसान हुन थालिसकेका छन् भने बजार पसल पनि सामान्य रुपमा मात्र खुलेका छन् ।

इराकको एक होटलमा लामो समयदेखी काम गरिरहेका गोरखाका जीतमान गुरुङका अनुसार अहिले बम प्रहार भएका केही अवाजहरु भने सुनिएको बताएका छन् । यद्यपि तत्कालै अवस्था भने नबिग्रएको र यस्तै अवस्था रहे केही दिनपछि खतरा हुन सक्ने औंल्याए । यता, इराक हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि केही नेपालीहरूसँग सम्पर्क गरेको बताइएको छ । सो दूतावासले त्यहा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको र अवस्था बिगर्ने वित्तिकै उद्धारमा जुटने बताएको छ ।

यसैबीच, परराष्ट्र मन्त्रालयले आफ्ना कूटनीतिक नियोग र महावाणिज्यदूतका कार्यालयहरूलाई उच्च सतर्कता ९हाई अलर्ट०मा रहन निर्देशन दिएको छ । इरान–अमेरिका आमनेसामने भएपछि २० पुसमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा श्रममन्त्री रामेश्वर राय यादव, परराष्ट्र सचिव शंकरदास वैरागी र श्रम मन्त्रालयका सचिव विनोद केसी लगायतको उपस्थितिमा छलफल गरी कूटनीतिक नियोग र महावाणिज्यदूतका कार्यालयहरूलाई तीन बुँदे निर्देशन दिइसकेको छ ।इराकका छिमेकी देशहरू इरान–अमेरिका तनावको चेपुवामा छन ।

यूनाइटेड अरब इमिरेटस् (यूएई) र साउदी अरबमा समेत इरान–अमेरिका तनावको बाछिटा पुगिसेको छ । कुनै पनि बेला ती देशहरूमा समेत आक्रमण हुनसक्ने आकलन हुन थालेको छ ।वैदेशिक रोजगारीका लागि दुबई र साउदी अरबमा लाखौं नेपालीहरू कार्यरत छन् । त्यसैगरी, इजरायल, लेबनान, जोर्डन र सिरियामा पनि वैदेशिक रोजगारीका लागि नेपालीहरू पुगेका छन् । इराक–अमेरिका तनावको असर अफगानिस्तान, अजरबैजान लगायतका देशमा केही क्षेत्रमा पनि पर्न सक्ने आकलन विदेशी सञ्चार माध्यममा आएका छन् ।

त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षामा ध्यान दिन र समस्या परेमा जुनसुकै बेला उद्धार गर्न सक्ने तयारी अवस्थामा रहन कूटनीतिक नियोगलाई निर्देशन दिइएको छ । परराष्ट्र मन्त्रालयको जारी गरेको निर्देशनमा ती देशहरूको परिस्थितिको मूल्यांकन गरी नियमित रूपमा परराष्ट्र मन्त्रालयमा जानकारी गराउन भनिएको छ । त्यसैगरी, मध्यपूर्वी देशहरूमा रहेका नेपाली नागरिकसँग नियमित र निकट सम्पर्कमा रहन र नेपाली नागरिकलाई पनि नेपाली नियोगहरूसँग नियमित सम्पर्कमा रहन अनुरोध गर्न भनिएको छ ।

त्यसैगरी, मध्यपूर्वी देशहरूमा रहेका नेपालीहरूलाई अति आवश्यक पर्दा बाहेक धेरै लामो यात्रामा ननिस्कन पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । कूटनीतिक नियोगले दिएको रिपोर्टको बारेमा छलफल गरी आवश्यक योजना बनाउनको लागि २४ पुसमा परराष्ट्रमन्त्रीको समन्वयमा पुनः बैठक बस्न लागिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् । सौर्य दैनिकबाट