२ आश्विन २०८३, शुक्रबार
,
Latest
जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस् आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्फ्यु जारी भएपछि रौटहट जिल्ला अदालतका कामकारबाही स्थगित



अ+ अ-

काठमाडौँ । कर्फ्यु जारी भएपछि रौतहट जिल्ला अदालतका सम्पूर्ण कामकारबाही स्थगित भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले अर्को आदेश नभएसम्म गौर नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेपछि अदालतले पनि सूचना जारी गरेर अदालतबाट प्रदान गरिने आजको सम्पूर्ण सेवा स्थगित गरिएको जानकारी दिएको हो ।

गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि शनिबार १ः०० बजेदेखि आज बिहान ६ः३० बजेसम्मका निषेधाज्ञा जारी गरिएको थियो ।

आईतबार ६ः३० बजेदेखि ८ः ३० बजेसम्म निषेधाज्ञालाई खुकुलो बनाइ प्रशासनले पुनः नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र बिहान ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।