५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनललाई पछ्याउँदै म्यान्चेस्टर सिटी, चेल्सी र एस्टन भिल्ला रोकिए



अ+ अ-

इङलिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले न्यूक्यासललाई २–१ गोल अन्तरले पराजित गरेर उपाधि होडलाई जीवितै राखेको छ ।

यो जितसँगै सिटीको २७ खेलबाट ५६ अंक पुगेको छ । समान खेल खेलेको आर्सनलले भने २ अंकको अग्रता सहित ५८ अंक छ ।

म्यान्चेस्टरको गृह मैदान एतिहाद रङ्गशालामा भएको खेलमा म्यान्चेस्टरका लागि निको ओराइलीले १४ र २७ मिनेटमा २ गोल गरेका थिए । न्यूक्यासलका तर्फबाट लेविस हलले २२औं मिनेटमा गोल गरेका थिए ।

दुबै टिमबाट निकै राम्रा मुभ बनाए पनि दोस्रो हाफ गोल रहित रहेको थियो ।

पछिल्ला पाँच खेलमा सिटीले चारमा जित र एकमा बराबरी गरेर उत्कृष्ट लयमा फर्किएको छ । आर्सनल भने दुई जित, दुई बराबरी र एकमा हार व्यहोरेर उपाधिका लागि संघर्षरत रहेको छ ।

उता, लिगमा उत्कृष्ट ४ का लागि संघर्षरत चेल्सी र एस्टन भिल्लाले बराबरी खेलेका छन् । पछिल्ला पाँच खेलमा चेल्सीले तीन वटामा विजयी र एकमा बराबरी गरेको छ ।

गएरातिको खेलमा चेल्सीका लागि जोआओ पेड्रोले पहिलो हाफको चौथो मिनेटमै बर्नली विरुद्ध गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । तर खेल अन्तिम समयमा आएर तनाबपूर्ण बनेको थियो ।

लिगको अंक तालिकामा १९औं स्थानमा रहेको बर्नलीका लागि ९३औं मिनेटमा जियान फ्लेमिङले गोल गरेर चेल्सीलाई स्तब्ध पारेका थिए ।

चेल्सीका खेलाडी वेस्ली फोफानाले बर्नलीको डिबक्स बाहिर फल खेलेपछि रातो कार्ड पाएर मैदान छाड्नु परेको थियो । यो बराबरी पछि चेल्सीले ४५ अंकका साथ चौथो स्थानमा रहेको छ ।

त्यस्तै गएरातिको अर्को खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको छ । यो बराबरीसँगै एस्टन भिल्ला ५१ अंक सहित तेस्रो स्थानमा छ ।

लिड्स युनाइटेडका एन्टोन स्टाचले ३१ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए तर ८८औं मिनेटमा भिल्लाका लागि टाम्मी अब्राहमले बराबरी गोल फर्काए ।

लिड्स भने ३१ अंक सहित लिगमा १५औं स्थानमा छ ।




भर्खरै