२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेम्स एन्डरसनले दक्षिण अफ्रिकाविरुद्धको बाँकी टेष्ट खेल गुमाउने



अ+ अ-

दक्षिण अफ्रिकाविरुद्धको बाँकी टेष्ट खेल इंग्ल्यान्डका बलर जेम्स एन्डरसनले गुमाउने भएका छन् । केप टाउनमा भएको दोस्रो टेष्टको दौरान उनको छातीको करङको हड्डीमा चोट लागेको बताईएको छ । यसैकारण एन्डरसन बाँकी टेष्टमा उपलब्ध नहुने भएका छन् । ३७ वर्षीय बलर एन्डरसनले दोस्रो टेष्टको अन्तिम दिन मात्र २ ओभर बलिङ गरेका थिए ।

दोस्रो टेष्ट इंग्ल्यान्डले जित्दै सिरिज ११ को बराबरी समेत गरेको थियो । अब दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको तेस्रो टेष्ट जनवरी १६ मा सुरु हुनेछ । त्यसको अर्को साता चौंथो टेष्ट हुनेछ ।

एन्डरसन चोटको कारण टिमबाट बाहिरिएसँगै इंग्ल्यान्डलाई बलरको अभाव देखिएको छ । तर,दोस्रो टेष्टमा टिममा नरहेका जोफ्रा आर्चर फर्किने बताईएको छ ।