१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेम्स एन्डरसनले दक्षिण अफ्रिकाविरुद्धको बाँकी टेष्ट खेल गुमाउने



अ+ अ-

दक्षिण अफ्रिकाविरुद्धको बाँकी टेष्ट खेल इंग्ल्यान्डका बलर जेम्स एन्डरसनले गुमाउने भएका छन् । केप टाउनमा भएको दोस्रो टेष्टको दौरान उनको छातीको करङको हड्डीमा चोट लागेको बताईएको छ । यसैकारण एन्डरसन बाँकी टेष्टमा उपलब्ध नहुने भएका छन् । ३७ वर्षीय बलर एन्डरसनले दोस्रो टेष्टको अन्तिम दिन मात्र २ ओभर बलिङ गरेका थिए ।

दोस्रो टेष्ट इंग्ल्यान्डले जित्दै सिरिज ११ को बराबरी समेत गरेको थियो । अब दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको तेस्रो टेष्ट जनवरी १६ मा सुरु हुनेछ । त्यसको अर्को साता चौंथो टेष्ट हुनेछ ।

एन्डरसन चोटको कारण टिमबाट बाहिरिएसँगै इंग्ल्यान्डलाई बलरको अभाव देखिएको छ । तर,दोस्रो टेष्टमा टिममा नरहेका जोफ्रा आर्चर फर्किने बताईएको छ ।