२६ भाद्र २०८३, शुक्रबार
,
Latest
ग्रिन आर्मीको गतिविधिमाथि प्रश्न, सर्वोच्चमा रिट लागुऔषधसहित १७ जना पक्राउ भोटेकोशी बाढीसम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले भोटेकोशी बाढीमा १ हजार ३८५ जनाको शव फेला, ५ हजार १३० अझै बेपत्ता राष्ट्रसंघ महासभामा प्रधानमन्त्री शाहले जलवायु न्याय र बाढीबाट भएको क्षतिबारे आवाज उठाउने भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानमा सवा २ अर्बभन्दा बढी लाग्ने एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुस्त मनस्थिती भएकी महिला अस्पतालमा अलपत्र, आफन्त खोजिदिन आग्रह



अ+ अ-

भद्रपुर । भद्रपुर स्थित मेची अञ्चल अस्पतालमा ६ महिनायता बेवासिरे रूपमा रहेकी महिलाको आफन्त खोजिदिन वा संरक्षण गरिदिन अस्पताल प्रशासनले अनुरोध गरेको छ । प्रहरीले सडकबाट उद्धार गरी ६ महिना अगाडि अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएकी ती महिला अहिले रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक लिन नआएपछि संरक्षकको खोजी गरिदिन अनुरोध गरेको हो । राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न समेत नसक्ने ती महिला आफू दार्जेलिङ बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् ।

कसले गर्दा बेवारिसे भएर, कसरी नेपाल आइपुगिन् भन्ने थाहा नपाउने ती महिलाले छिरिङ नाम गरेको छोरो रहेको जानकारी दिने गरेकी छिन् । दोहोरो कुराकानी समेत गर्न नसक्ने ती महिला आफूलाई डिकी तामाङ भएको बताउँछिन् । ६० वर्ष माथिको उमेर समूह जस्तो देखिने ती महिलालाई प्रहरीले खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो ।

यस बीचमा अस्पताल प्रशासनले आफन्तको खोजीका लागि विभिन्न प्रयास गरे पनि सफलता नमिलेको जनाएको छ । मेडिकल वार्डका इन्चार्ज वि पि चौधरीका अनुसार ती महिलाको रेखदेख गर्ने आफन्त नभएका कारण अस्पतालले दैनिक सय रूपैया दिएर सरसफाइका लागि खर्च गरिरहेको छ ।

आफैं हिडडुल गर्न नसक्ने ती वेसाहारा बृद्धको उद्धार गर्न कुनै संस्थाले जिम्मा लिदिए अस्पताल प्रशासन अन्य विरामीका लागि समय र श्रम खर्चने थियो । यता महिलाको आफन्त खोजीमा लागि परेकी सामाजिक अभियन्ता पुण्यप्रभा सुब्बा विभिन्न सञ्चार माध्यम तथा सम्पर्क व्यक्ति मार्फत ती महिलाको आफन्तको खोजी गरिरहे पनि फेला नपरेको बताउँछिन् ।