१० असार २०८३, बुधबार
,
Latest
‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’



अ+ अ-

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित खानीगाउँ ‘रक गोर्डेन’ ले भ्रमण वर्ष २०२० मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न थालेको छ ।

घेर्मुका स्थानीयवासीले नेपालमै पहिलोपटक ‘रक गार्डेन’ को अवधारणा भित्र्याएर प्राकृतिक सौन्दर्यताप्रति रुचि राख्ने र भ्रमण वर्षमा फरक खालको ठाउँमा घुम्न चाहने पर्यटकलाई उक्त गोर्डेनले आकर्षित गर्दै तान्न थालेको हो ।

उक्त ‘रक गार्डेनको अवधारणा लागू गरेको र यतिबेला पर्यटक आगमनको चाप बढ्न थालेको रक गार्डेन संरक्षण तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष कामसार्की गुरुङले बताउनुभयो । आन्तरिक पर्यटक होस् या विदेशी पर्यटक यहाँ आउने जो कोही पनि रक गार्डेनको सुन्दरता देखेर तीन छक्क पर्ने गर्छन् । सुन्दरताको खानी ‘रक गोर्डेन’ पहरै पहराले बनेको छ । कतै गुफा छन्, कतै ओढार । कतै ठूला ठूला सुरुङ भेटिन्छन् । मनै लोभ्याउने ‘रक गोर्डेन’ हेर्न तथा अवलोकन गर्नलाई आधा घण्टाभन्दा बढी समय लाग्छ । एउटा पहराबाट अर्को पहरामा जानका लागि चार वटा पुल निर्माण गरिएको छ ।

त्यस्तै, पहराभित्र रहेको सुरुङमा समेत विभिन्न कुराहरु हेर्न सकिन्छ । सुरुङ पुरै घुम्नलाई करिब डेढ घण्टा समय लाग्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण रक गोर्डेनमा नरमाउने त सायदै होलान् । “अहिलेसम्म यस्तो चट्टाङ देखेकी थिइन् । प्राकृतिक सुन्दरता पनि भेटे । यस्तो रकगार्डेनले स्वर्ग मै आएको अनुभूति दिलाएको महसुस भएको पर्यटक यूनिता श्रेष्ठले बताउनुभयो ।”

त्यस्तै बेँसीशहरबाट रकगार्डेन हेर्न पुगेका सुकराम दुलालले भन्नुभयो, “घुम्नका लागि पुग्नैपर्ने ठाउँ रहेछ खानीगाउँ रक गार्डेन । यहाँ पहाडी तथा ग्रामीण भेगका पर्यटकभन्दा अझ बढी शहर बजार र तराईतिरको पर्यटकका लागि एकदम उत्तम हुनसक्ने उहाँको भनाइ छ । भित्रै खान बस्न र रमाइलो गर्नका लागिसमेत उचित रहेकाले ‘रक गार्डेन’ ले थप मन लोभ्याएको दुलाल भन्नुभयो । त्यस्तै त्यहाँ विदेशी पर्यटक आउँदा कति पर्यटक त ओड्ने ओछ्याउने कपडा ल्याएर त्यहाँस्थित गुफाभित्रै सुत्ने गरेको मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “रक गार्डेन पर्यटकीय हिसाबले निकै सम्भावना भोकेको छ ।”

यहाँ अहिले आन्तरिकभन्दा विदेशी पर्यटक बढी आउने गरेको समितिका सचिव सीता गुरुङले बताउनुभयो । “रक गार्डेनले भ्रमण वर्ष सफल बनाउनका लागि समेत टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “भ्रमण वर्षको शुरुआतदेखि यता विदेशी र आन्तरिक पर्यटकको आगमनमा वृद्धि भइरहेको छ ।”

पर्यटकलाई आकर्षित गर्न रक गार्डेनलाई अझै थप व्यवस्थित बनाउने योजना रहेको सो समितिले जनाएको छ । समितिका अनुसार रक गार्डेनको स्तर उन्नतीका लागि जिल्ला समन्वय समिति, मस्र्याङ्दी गाउँपालिका, वडा कार्यालय लगायतको सहयोग छ । हालसम्म रु २१ लाख रक गार्डेनमा खर्च भएको समितिका अध्यक्ष गुरुङले बताउनुभयो । गार्डेनभित्रै सुत्न र बस्न व्यवस्था मिलाइएको छ भने शौचायलयको व्यवस्था समेत मिलाइएको छ । केही दिनबाट बाइकको ट्रयाकसमेत खोल्ने तयारीमा रहेको बताइएको छ । गार्डेनसँगै घरवास ९होमस्टे० को अवधारणा पनि अघि बढाएका छन् ।

सो स्थानमा आउने पर्यटकलाई मध्यनजर गर्दै अहिले १० घरमा होमस्टे सञ्चालन गरिएको सो समितिले जनाएको छ । भगवान्ले फुर्सदमै बनाएको जस्तै एकदम कलात्मक सुन्दर तरिकाले प्रकृतिको सिर्जना गरेको देख्न पाईन्छ यहाँ । चक्रीय अन्नपूर्ण पदमार्गको नजिकै रहेको लमजुङ बेँसीशहरबाट बेँसीशहर चामे मनाङ जाने सडकखण्ड, रामबजार हुँदै उक्त स्थान पुग्न सकिन्छ ।