१० असार २०८३, बुधबार
,
Latest
‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीबाट हजारौ घरधुरी लाभान्वित हुँदै



अ+ अ-

तनहुँ । भानु नगरपालिका वडा नं ७ ,८ र ९ लाई लक्ष्य गरी खानेपानी वितरण गर्ने उद्देश्यले मस्र्याङ्गदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण तीव्र गतिमा भएको छ । उक्त वडामा पानीको स्रोत नभएपछि बस्तीदेखि करीब तीन किलोमिटर दूरीमा पर्ने मस्र्याङ्दी नदी किनारबाट पानी तान्न लागिएको हो ।

आयोजना सम्पन्न भएपछि तीन वडाका करीब छ हजार घरधुरीका मानिस प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ । आयोजनाको काम शुरु भएसंँगै स्थानीयवासी खुशी हुन थालेका छन् । चितुवाबाट प्रभावित उक्त नगरपालिकाका बासिन्दा साँझबिहान घरदेखि टाढा पुगेर कुवा र खोलाको पानी ल्याउनुपर्ने बाध्यताका कारण त्रसित हुँदै आएका छन् ।
समुद्री सतहबाट करिब दश हजार ३० मीटर उचाइमा अवस्थित गढीमाई मन्दिरसम्म पानी तानी लैजाने योजनानुरुप निर्माण अघि बढाइएको नगरपालिका–८ का वडाध्यक्ष भरतराज ढकालले जानकारी दिनुभयो ।

नदी किनारमा करीब दश मीटर गहिरो इनार खनेर पानी निकालेपछि डेढ लाख लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरी तीन ट्याङकीमार्फत प्रशोधन गरेर खानेपानी वितरण गरिने योजना रहेको बताइएको छ । गाउँघरमा खानेपानीको धारा नहुँदा स्थानीयवासी खोला र इनारको पानी प्रयोग गर्न बाध्य छन् । उक्त तीन वडामा खानेपानीको समस्यालाई दिगो रुपमा समाधान गर्न गण्डकी प्रदेश सरकारबाट मस्र्याङ्दी लिफ्टिङ खानेपानी आयोजनाका लागि रु २२ करोड विनियोजन भएको छ । चालु आव २०७६÷०७७ मा उक्त खानेपानी आयोजनाका लागि रु चार करोड पहिलो चरणमा विनियोजन भएसंँगै निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ ।

नगरपालिका–९ का वडाध्यक्ष रामकृष्ण देवकोटाले घर नजीक पानीको स्रोत नहुँदा वडाको तेरतेर गाउँका बासिन्दालाई झण्डै एक घण्टा पैदल हिँडेर एक गाग्री पानी ल्याउनुपर्ने अवस्था रहेको बताउनुभयो । आयोजना सम्पन्न भएपछि नगरपालिकाका तीन वडाका बासिन्दालाई खानेपानी सहज हुने विश्वास गरिएको नगर प्रमुख उदराज गौलीले बताउनुभयो ।