१० असार २०८३, बुधबार
,
Latest
‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्ती तथा जीप सफारी गर्दै ठोरी महोत्सवको आनन्द लिऔँ



अ+ अ-

पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज, चितवन तथा भारतको वाल्मीकि टाइगर रिजर्भको मध्यभागमा अवस्थित रमणीय स्थल ठोरीमा दैनिक १० हजार स्वदेशी तथा विदेशी पर्यटकलाई ल्याउने गरी ठोरी महोत्सवको तयारी पुरा भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सन्दर्भमा आयोजित महोत्सव भोलीदेखि पुस २९गतेसम्म चल्ने आयोजकले जनाएका छन् । ठोरीको ऐतिहासिक पहिचानलाई आन्तरिक तथा बाह्य पहिचान गराउने गरी आयोजना हुने महोत्सवको तयारी पुरा भएको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठल जानकारी दिनुभयो ।

महोत्सव अन्तर्गत सुर्वणपुर गढवालाइनमा हात्ती तथा जीप सफारी हुनेछ । यहाँ अवलोकन गर्न आउने अतिथिलाई थोरै शुल्कमा बास तथा खानाको समेत प्रबन्ध मिलाइएको छ । महोत्सवमा विभिन्न जातजातिको खानाको समेत प्रदर्शन गरिनेछ । मनोरञ्जन गराउन सुवर्णपुरमा सांस्कृति भवनसमेत निर्माण गरिएको छ । महोत्सवभरि तामाङ तथा मगर समुदायका सांस्कृति कार्यक्रमबाट घरबासमा मनोरञ्जन गराइने व्यवस्था मिलाइएको घरवास (होमस्टे)का अध्यक्ष शम्भुराम पौडेलले जानकारी दिनुभयो ।

निकुञ्जले निकुञ्जभित्रको दृश्यावलोकन गर्न आउने नेपाली पर्यटकका लागि प्रतिव्यक्ति रु ६०० तथा विदेशी पर्यटकका लागि रु एक हजार १०० शुल्क तोकेको छ । भारतीय पर्यटकको रोजाइमा रहेको ठोरीको रमणीय झर्ना, झोलुङ्गेपुल लगायतका दृश्य रहेकाले पनि महोत्सव आकर्षक हुने विश्वास लिएको छ ।