२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं महानगरपालिका– १९ यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन

काठमाडौं महानगरपालिका– १९ यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन
अ अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. १९ अन्तर्गत यटखा बहाल क्षेत्रमा स्थापना गरिएको फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन गरिएको छ ।

शुक्रवार वडा अध्यक्ष राजेश श्रेष्ठले औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाको सम्बन्धित निकायको प्रतिनिधित्व रहेको थियो ।

उद्घाटनपछि सो पाइपलाइनको व्यावहारिक परीक्षण समेत गरिएको थियो । जसमा पानीको प्रवाह तथा दबाब परीक्षण सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । यस फायर हाइड्रेन्टको स्थापनाले यटखा बहाल तथा आसपासका बस्तीहरूमा आगलागीको घटना भएमा दमकल तथा स्थानीयवासीहरूलाई पानीको तत्काल उपलब्धता हुनेगरी आगलागी नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतका वर्षहरूमा काठमाडौं उपत्यकामा आगलागीका घटनाहरू बढ्दै गएको सन्दर्भमा महानगरपालिका तथा वडा कार्यालयहरूले यस्ता पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएका छन् ।

वडा अध्यक्ष राजेश श्रेष्ठले यो पूर्वाधारले स्थानीय बासिन्दाहरूको सुरक्षा बढाउने बताउँदै महानगरपालिकासँगको सहकार्यमा थप यस्ता फायर हाइड्रेन्टहरू अन्य क्षेत्रमा पनि विस्तार गरिने बताउनु भयो । गगनचुम्बी भवनहरू तथा साँघुरा गल्लीहरू भएको काठमाडौंको पुरानो बस्तीहरूमा यस्ता सुविधाको आवश्यकता निकै महशुस गरिएको छ । यटखा बहाल क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक महत्वको रहेकोले यस क्षेत्रमा आधुनिक सुरक्षा पूर्वाधार थपिनुले स्थानीयवासीहरूमा राहतको अनुभुति भएको छ ।