२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’

‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
अ अ+ अ-

काठमाडौँ । संविधान एवं प्रशासनविद् काशीराज दाहालले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकेका राजनीतिक दलहरूले चुनावी घोषणा पत्र कार्यान्वयन गर्छन् भन्नेमा आंशका र प्रश्न रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित ‘राजनीतिक दलका घोषणापत्रमा दलित, महिला र सिमान्तकृत समुदायका मुद्दा र प्रतिवद्धतासम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

संविधान निर्माणको एक दशक बित्दा समेत संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण हुन नसकेको उहाँको भनाइ छ । संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण राजनीतिक दल र निर्वाचनपवछि बन्ने सरकारको प्राथमिकता हुनुपर्ने बताउनु भयो । उहाँले संविधानमा उल्लेखित प्रावधानहरू नै प्रभावकारी रूपमा लागू हुन नसकेको अवस्थामा दलहरूले घोषणापत्रमा गरेका प्रतिवद्धता कार्यान्वयन हुनेमा जनताले प्रश्न उठाउनु स्वाभाविक भएको धारणा समेत राख्नुभयो ।

उहाँले संविधान कार्यान्वयनको पहिलो शर्त आवश्यक कानून निर्माण भएको उल्लेख गर्दै संविधान प्रवद्र्धन गर्नु समेत दलहरुको प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संविधान कार्यान्वयनमा देखिएका समस्याको गहिरो अध्ययन गर्नु जरुरी रहेको समेत बताउनु भयो ।  दाहालले राजनीतिक दलहरूले समयमै संविधान कार्यान्वयनको स्पष्ट योजना ल्याएको भए अहिले घोषणापत्रमार्फत पुनः प्रतिवद्धता दोर्होयाउनुपर्ने अवस्था नआउने जिकिर गर्नुभयो । उहाँले अधिकांश दलले चुनावी घोषणापत्रमा सुशासन कायम गर्ने उल्लेख गरेपनि लामो समयदेखि सत्तामा रहेका पुराना दलहरूले विगतमा किन सुशासन कायम गर्न नसके भन्ने विषयमा जनतालाई स्पष्ट जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरु र सरकारले संविधान कार्यान्वयनको लागि आवश्यक कानूनहरु समयमै बनाउनुपर्छ । हामीले संविधान निर्माणको दश वर्ष बितिसक्दा समेत संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने कतिपय कानून अहिलेसम्म पनि बनाउन सकेका छैनौँ । भनेपछि दलहरुले संविधानमा लेखेका कुराहरु त लागू गर्न सकेनौँ भने घोषणा पत्रमा लेखेको कुरा कसरी र कति लागू होला ? जनतहरुले यस्तै प्रश्न गरिरहेका छन् । कतिपय कानूनहरु अहिले पनि बन्न सकेको अवस्था छैन । संविधान कार्यान्वयनका लागि आवश्यक कानून बन्नुपर्छ । दोस्रो कुरा, संविधानलाई प्रवद्र्धनत गर्नको लागि संविधानमा लेखेका कुरा जनताको माझमा पुर्याएर त्यो प्रतिफल दिनुपर्छ । अर्को कुरा, संविधानलाई कहाँ कहाँबाट समस्या छ भन्ने कुरामा समेत हामीले अध्ययन गर्न सकेनौँ । गरिवीको कारणले हो कि, विभेदको कारणले हो कि, सुशासनको कमीको कारणले हो कि भन्ने कुरामा कसले अध्ययन गर्यो ? यदि हामीले सुक्ष्म ढंगले अध्ययन गरेको भए अहिेलेको अवस्था सिर्जना हुँदैन थियो होला । यदि राजनीतिक दलहरुले संविधान कार्यान्वयनको योजना बनाइदिएको भए अहिले घोषणा पत्र लेखिरहनुपर्ने अवस्था थिएन । त्यसकार।ण अगामी दिनमा त्यो कुराहरु आउनुपर्यो । अहिले सबैको घोषणा पत्रमा सुशासन कायम गर्ने कुरा उल्लेख गरिएको छ । नयाँ राजनीतिक दलहरुले ठिकै पनि होला । तर पुराना राजनीतिक दलहरु जसले लामो समयदेखि सत्ता सञ्चालन गर्दै आएका छन् । उनीहरुले विगतमा किन सुशासन कायम गर्न सकेनन् ? यो कारण आम जनतालाई भन्न सक्नुपर्छ ।’

दाहाले संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य कार्यान्वयनमा समेत दलहरुले जोड दिनुपर्ने धारणा राख्नुभयो ।