३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नयाँ संसद भवनमा आगामी अधिवेशन चलाउने तयारीः अविलम्व काम सक्न राष्ट्रियसभाका अध्यक्षको निर्देशन

नयाँ संसद भवनमा आगामी अधिवेशन चलाउने तयारीः अविलम्व काम सक्न राष्ट्रियसभाका अध्यक्षको निर्देशन
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिनुभएको छ ।

भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उहाँले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिनुभएको हो । अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै निर्माणको तिब्रता नदेखिएको स्पष्ट पार्नुभयो । यद्यपि, पछिल्लो समय केही प्रगति भएको उहाँको भनाइ छ ।

सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ धेरै पटक निर्देशन दिइसकेको बताउनु भयो । उहाँले केही दिन अघि मात्रै शहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको जानकारी दिनुभयो । अध्यक्ष दाहालकाअनुसार सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्नेछ । निर्वाचन पछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अब पहिलो कुरा त बनेको त हामी सबैले हेरिहाल्यौँ कति बन्यो भन्ने कुरा । हामीलाई जुन स्पिडबाट जुन स्तरबाट यो बन्नुपथ्र्यो भन्ने लागिराख्या छ त्यो स्तरबाट अझै स्पिड आइसकेको छैन । किनभने अब करिवकरिव सदन चल्ने कुरा त निधो नै भइसक्यो । अब दुई—चार दिन तलमाथि होला नत्र भने अब सदन चल्ने स्थितिलाई इलेक्शन भएपछिको स्थिति । अब त्यो सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ हामीले पहिले देख्न धेरै पटक निर्देशन दिइयो । अब अहिले लास्ट पटक आएर दिएको निर्देशनअनुसार अलिकति काममा प्रगति भएको त पाइएकै छ । उहाँहरूसँग अहिले कुरा गर्दाखेरि पनि हामी दिन्छौँ भनेको बेलामा हामी दिन्छौँ भन्ने खालको कुरा प्रतिवद्धता भनौँ न जाहेर गर्नुभएको छ ।’

‘त्यति मात्र होइन, योभन्दा अलि अगाडि दस दिन अगाडि होला मेरो आफ्नै कार्यकक्षमा शहरी विकास मन्त्रालयको सचिवहरु अनि यहाँका सबैलाई बोलाएर सम्बन्धित पक्षलाई बोलाएर पनि त्यहाँ अलिअलि कडै निर्देशन दिएको हो । अब त्यही कुरा यहाँ भन्न त मिलेन। तर धेरै ढङ्गले हामीले कोशिस ग¥यौं । हाम्रो आफ्नो ठाउँबाट पनि पहल गरिराखेका छौँ र उहाँहरु पनि अहिले लागिराखेकै स्पिडमा देखिन्छ । त्यसले गर्दा अब आशा गरौँ कम्तीमा संसद चलाउने ढङ्गले उहाँहरूले हाम्रो हातमा दिनुहुन्छ । दिनुपर्छ, दिनुहुन्छ मात्रै होइन दिनैपर्छ । अब यो स्पिड हो, अब त्यही स्पिडमा उहाँहरूले काम गर्छु भन्नुभएको हुनाले अब त्यही सबैले अपेक्षा गरौँ । त्यही अनुसार यसलाई तर अब कतिपय अरु बाहिरका काम, फिनिसिङका काम, अरु अरु अवयवहरु छन् नि यहाँ त फेरि सदन भनेको त हल मात्रै त होइन । यहाँ हलकै समस्या पहिलो टड्कारो भएर अलि हल हल भन्या हो तर सदन चलाउनको लागि त सम्पूर्ण अवयवहरु चाहियो नि त। अब त्यो अब त्यो तत्कालै दिने देखिँदैन । तर कम्तीमा संसद चलाउनेसम्म प्रतिनिधि सभा राष्ट्रिय सभा चलाउने सम्म दिनुभयो भने त्यसैलाई धन्यवाद ठान्नुपर्छ ।’

नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले फिनिसिङ र अन्य प्राविधिक पक्षहरूमा पनि ध्यान दिन आग्रह गर्नुभएको छ । आगामी अधिवेशनसम्म मुख्य हलहरू हस्तान्तरण हुनेमा उहाँले आशा व्यक्त गर्नुभएको छ ।