२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

काठमाडौंमा पहिलो अन्तरक्षेत्रीय थकाली युवा ताराखेल प्रतियोगिताः मौलिक संस्कृति जोगाउन युवाको सक्रियता

काठमाडौंमा पहिलो अन्तरक्षेत्रीय थकाली युवा ताराखेल प्रतियोगिताः मौलिक संस्कृति जोगाउन युवाको सक्रियता
अ अ+ अ-

काठमाडौँ । थकाली युवा परिवारको आयोजनामा पहिलो पटक युवाहरूलाई लक्षित गर्दै अन्तरक्षेत्रीय तारा प्रतियोगिता सम्पन्न भएको छ ।

थकाली समुदायको परम्परागत खेल ‘तारा’ लाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा ८ वटा क्षेत्रका १२ टोलीबाट कुल ६० जना खेलाडीहरूले जनाएका हुन् ।

प्रतियोगिताको मुख्य आकर्षणको रूपमा तीन जना महिला खेलाडीहरूको सहभागिता रहेको छ । परम्परागत रूपमा पुरुषहरूको मात्र खेल मानिँदै आएको तारा खेलमा महिलाहरूको प्रवेशलाई थकाली समुदायले ’प्रोत्साहनजनक र सराहनीय’ कदमको रूपमा लिएको छ । थकाली युवा परिवारकी उपाध्यक्ष प्रज्ञा शेरचनकाअनुसार समुदायका अग्रजहरूले खेल लोप हुन लागेकोमा व्यक्त गरेको चिन्तालाई सम्बोधन गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । युवा पुस्ताले यस खेललाई केवल परम्परा मात्र नभई ‘करियर’को रूपमा पनि अगाडि बढाउन सकुन् भन्ने संस्थाको लक्ष्य रहेको उपाध्यक्ष शेरचनले बताउनु भयो । उहाँले आगामी फागुन १७ देखि १९ गतेसम्म मनाइने थकालीहरूको महान चाड ‘तोरन ल’ (फागु पूर्णे) को अवसरमा हुने तारा प्रतियोगितामा पनि युवाहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ ।

थकाली युवा परिवारका अध्यक्ष मञ्जिल शेरचनले शहरीकरण र पश्चिमा खेलहरूतर्फ युवाहरूको बढ्दो आकर्षणका कारण ओझेलमा पर्दै गएको ताराखेललाई पुनर्जीवन दिन थकाली युवा परिवार, काठमाडौंले यो पहलकदमी लिएको बताउनु भयो । प्रतियोगितामा देशभरका विभिन्न ८ क्षेत्रबाट ६० देखि ७० जना युवा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको बताउनु भयो । मुस्ताङदेखि स्याउलीबाङ र भैरहवासम्मका थकाली युवाहरूले आफ्नो सीप प्रदर्शन गरिरहेको उहाँको भनाइ छ ।

एकदिने यस प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको पनि बताउनु भयो । प्रथम पुरस्कारको प्रायोजन थकाली सेवा समिति नेपालले गरेको छ भने दोस्रो पुरस्कार स्वरूप ३० हजार रुपैयाँ ‘नेपाल जापान सम्पर्क समिति’ ले प्रदान गरेको छ । त्यसैगरी, तेस्रो पुरस्कार २० हजार रुपैयाँ ‘थासाङ स्पोट्र्स क्लव’ ले व्यवस्थापन गरेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दुई जना खेलाडीलाई ‘विशिष्ट’ र ‘उत्कृष्ट’ विधामा जनही ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।