२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने

डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने
अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको महलमा दोजर चल्ने बताउनुभएको छ ।

कर्णालीमा बिहीवार आयोजित वाचापत्र सार्वजानिक कार्यक्रमा उहाँले रास्वपा सरकार आएमा गरिब बस्तीको उठीवास लगाउने र डोजर चलाउने भन्दै जनतालाई तर्साउने प्रयास भइरहेको आरोप लगाउनु भयो । उहाँले डोजर चलेमा सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्ने भन्दै गरिबको बस्तीले चिन्ता गर्न नपर्ने बताउनु भयो । सभापति लामिछानेले रास्वपाले कसैलाई बेघरबार बनाउने काम नगर्ने दाबी गर्नुभयो । विस्थापित नगरी व्यवस्थापन गर्ने नीति लिने उहाँको भनाई छ । भूमिहीन समस्याको समाधान गर्न शक्तिशाली र स्वतन्त्र आयोग गठन गर्ने उहाँले बताउनु भयो ।

उहाँकाअनुसार आयोगमा पार्टीका कारिन्दा नभई स्वतन्त्र मानिसहरू हुनेछन् । आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने उहाँले बताउनु भयो । कानूनले अन्याय गरेको महशुस भएमा संसदबाट संशोधन गरेर भएपनि अधिकार दिलाउने उहाँले प्रतिवद्धता जनाउनु भयो । उहाँले रास्वपा प्रश्नहरूको सामना गर्न डराएको आरोपको खण्डन गर्दै जनताका प्रश्नको जवाफ घरदैलोमै दिएको जिकिर गर्नुभयो । उहाँले प्रश्न सोध्ने ठेक्का पनि जनताले नै लिने भएकोले कसैले लिनु नपर्ने बताउनु भयो । उहाँकाअनुसार जनताले घरघरमा प्रश्न सोधेका छन्, रास्वपाका उम्मेद्वारले उत्तर दिएका छन् । उहाँले अब केवल जवाफ दिने नभई समाधान दिने समय आएको बताउन ुभयो । पाँच वर्षे स्थायी सरकारमार्फत विधिको शासन, कानूनी राज्य र सुशासन स्थापना गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । रास्वपा विधि र लोकतान्त्रिक मूल्य–मान्यतामा अडिग रहने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘प्रश्नहरुको सामना गरेन, डिभेडमा भाग लिएन भन्ने प्रश्न आएको छ । प्रश्न सोध्ने ठेक्का कसैले नलिए हुन्छ, जनताको प्रश्न जनताले सोध्छन्, घरघरमा सोधेका छन्, जवाफ दिएका छोँ हामीले । प्रश्नको ठेक्का हामीले सकैलाई दिएका छैनौँ । रास्वपाको उम्मेद्वारहरुले जनताको प्रश्नको उत्तर हरेक क्षेत्रमा दिइरहेका छन् । प्रश्नको ठेक्का पनि नलिए हुन्छ, लोकतन्त्रको ठेक्का पनि नलिए हुन्छ, कसैले । हामीलाई थाहा छ, प्रश्नको उत्तर त धेरैले दिए अब प्रश्नको उत्तर होईन, समाधान दिने हो । समाधानको लागी ५ वर्षको स्थायी सरकार, विधिको शासन बसाउँछौँ, थिति बसाल्छौँ, कानूनी राज्य स्थापना गर्छौँ, गतल गर्न पाइँदैन, गलत गर्दैर्नौँ । आँट र शाहसका साथ हामी उभिएका छौँ । ढंग पु¥याएर विना प्रतिसोध देशलाई अगाडी बढाउनेछौँ । कतिपय मानिसहरुलाई तर्साउने काम भएको छ, हाम्रो सरकार आएमा डोजर लगाउँछ, उठीवास लगाउँछ भर तर्साउन खोजिएको छ । कोही पनि आतिनु पर्दैन । डोजर चल्यो भने सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीले चिन्ता गर्न पर्दैन । विस्थापित हुँदैन, व्यवस्थापित हुन्छ । व्यवस्थापन हामी गर्छौ । भुमीहीन साथीहरुको कुरा यहाँ आएको छ, हामी शक्तिशाली आयोग बनाउँछौँ, त्यो आयोगमा स्वतन्त्र मानिसहरु हुनेछन, पार्टीका कारिन्दा हुनेछैनन् । तीनले दिएको रिपोर्टलाई कार्यन्वयन गर्नेछोँ । रास्वपाले कसैलाई पनि बेघरबार बनाउने काम गर्देन । कानुनले जे भन्छ, हामी त्यही गर्छौ । कानुनले तपाईलाई थिचोमिचो गरेको रहेछ भने संसदमा फेरेर भएपनि तपाईको अधिकार दिलाएर छाड्छौँ ।’ 

उहाँले रास्वपाको पराराष्ट्र नितिप्रति पनि कसैले चिन्ता लिईराख्न जरुरी नभएको बताउनु भयो । रास्वपाले असंलग्न परराष्ट्रनीतिअनुसार सबै देशसँग समान व्यवहार गरी सम्बन्ध विस्तार गर्ने उल्लेख गर्नुभयो ।