२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

कर्णालीका सपना बोकेर संसद्मा जान चाहन्छौंः बालेन

कर्णालीका सपना बोकेर संसद्मा जान चाहन्छौंः बालेन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको गहिराइ बुझ्न आफुहरु तयार रहेको बताएका छन् ।

आज सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले कर्णालीका सपना बोकेर आफूहरू संसद्मा जाने बताए ।

कर्णालीको सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधतालाई देशकै सम्पत्ति रहेको बताउदै उनले त्यँहाको सम्पदालाई जोगाउन आफूहरू लागिपर्ने बताए ।

सुर्खेतमा बालेनको सम्बोधन यस्तो छः

यो देशको सबैभन्दा ठूलो ताल रारा ताल राजा महेन्द्रले भन्नुभएको जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा खुसी लागेको छ । देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौं । त्यो बुझ्ने पार्टी हो रास्वपा । आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभर पुग्नसक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झाप पुग्नसक्दैन । यहाँको उत्पादनलाई कम्तीमा पनि देशभर पुर्‍याउने पार्टी बन्न चाहन्छ रास्वपा ।

आफैंमा सिंजा उपत्यका सभ्यता भएको ठाउँ, नेपाली भाषाको उद्गमस्थल, खस भाषाको उद्गमस्थल, यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ । यो सबै भयो भने एउटा सभ्यता मानिन्छ । त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ, रास्वपा ।

जसरी काठमाडौं महानगरपालिकामा नेवा सभ्यताको नाचगान, त्यहाँको लिपि, बाजागाजा, त्यहाँका मूर्त, अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौं, त्यसरी नै यहाँ कर्णालीको सभ्यतालाई हामी जोगाएर राख्न चाहन्छौं । त्यो जोगाएर राख्ने पार्टी हो, रास्वपा ।

देशमा अझै पनि भोकमरी छ, अझै पनि ४ वर्ष मुनिका बालबालिकाको मृत्युदर बढ्दो छ । महिला, आमाहरूको मृत्युदर बढ्दो छ । त्यो कर्णालीमा छ । त्यो कर्णालीको पीडा, गरिबी, दुस्खलाई बेच्ने नेता धेरै आए । त्यो गरिबीलाई बुझ्ने नेता धेरै आएका छैनन्, अहिलेसम्म कोही आएको छैन, त्यो गरिबीलाई बुझ्ने नेता बन्न चाहन्छ, रास्वपाका नेताहरू ।

यहाँको पर्यटन, सम्भावन, कृषि, खेतीपाती, यहाँको आयआर्जन सबै वृद्धि गर्न पाउँ । तपाईंहरूको आशिर्वाद लिन पाउँ र अस्ति मैले फेसबुकमा लेखेजस्तै, अब कर्णालीका सुइना, हम्मा सुइना भनेजस्तै तपाईंहरूको सपना बोकेर जान पाउँ । त्यो सपना बोकेर जाने वाचापत्र आज कर्णालीबाट घोषणा गरेका छौं । आजबाट ती सबै तपाईंका सपना हाम्रा हुनेछन् । ती सपना बोकेर जान पाऔं, धेरै धेरै धन्यवाद ।