२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

एमालेको घोषणापत्रः १० जीबी निःशुल्क डाटादेखि २५ हजारसम्मको ऋण मिनाहा गर्ने

एमालेको घोषणापत्रः १० जीबी निःशुल्क डाटादेखि २५ हजारसम्मको ऋण मिनाहा गर्ने
अ अ+ अ-

काठमाडौँ ।नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा युवा स्वरोजगार, महिला सशक्तीकरण, श्रमिक कल्याण, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।

पार्टीले युवा पुस्तालाई डिजिटल तथा उद्यमशीलतामा जोड्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीको सम्मान गर्ने, किशोरी तथा महिलाको स्वास्थ्य र आर्थिक सशक्तिकरण गर्ने जस्ता महत्वाकांक्षी प्रतिवद्धता अघि सारेको छ । एमालेले  १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

सूचना प्रविधि क्षेत्रमा स्टार्टअप तथा अनलाइन कारोबार प्रवद्र्धन गर्न युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने एमालेको एजेण्डा छ । यसले एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास जस्ता क्षेत्रमा तालिम तथा सेवा उपयोग सहज बनाई १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य एमालेको छ ।

विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना तथा विदेशी कम्पनीमा सेयर खरिदलाई थप सहज बनाउने घोषणा पनि एमालेले गरेको छ ।

वैदेशिक रोजगारी र सामाजिक सुरक्षातर्फ  वैदेशिक रोजगारीमा रहेका श्रमिकको बैंक खातामा वार्षिक रु. ५ हजार थप गर्ने, वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता दिने प्रबन्ध गर्ने एमालेको घोषणापत्रमा समेटिएको छ ।

शिक्षा तथा विद्यार्थीका लागि एमालेले प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई रु. २० लाखसम्म निवर््याजी ऋण उपलब्ध गराउने, सरकारी सेवा, निजी क्षेत्र तथा अध्यापन क्षेत्रमा न्युनतम पारिश्रमिकसहितको इन्टर्नसिप को व्यवस्था गर्ने, सबै विद्यालयका किशोरीहरूलाई निःशुल्क प्याड सहजरूपमा उपलब्ध गराउने, कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा को प्रवन्ध गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ ।

यस्तै श्रमिक, शिक्षक तथा स्वास्थ्य स्वयंसेविकाको कल्याणतर्फ केही महत्वपूर्ण घोषणा एमालेले गरेको छ ।  सबै श्रमिकको न्युनतम मासिक पारिश्रमिक २५ हजार पु¥याउने, सीप तथा उत्पादकत्व बढाउने कार्यक्रमसँगै नियमित÷अनौपचारिक सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा मा आवद्ध गर्ने, सामुदायिक तथा निजी विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा मा आवद्ध गरी शिक्षकको मर्यादाक्रम तोक्ने, स्वास्थ्य स्वयंसेविकालाई वार्षिक भत्ता बढाएर २० हजार पु¥याउने र सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षा मा आवद्ध गर्ने एमालेले घोषणा गरेको छ । महिला सशक्तिकरण तथा मातृशिशु संरक्षणतर्फ एमालेले महिला उद्यमशीलता विकास गर्न रु. २० लाखसम्म निवर््याजी ऋण सुविधा सहज रूपमा उपलब्ध गराउने, व्यवसाय तथा ऋणको निःशुल्क बीमा व्यवस्था, गर्भवती महिलालाई घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गर्ने, सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार मातृशिशु पोषण भत्ता दिने, गर्भवती महिलाका लागि ५ लाखसम्मको निःशुल्क जीवन बीमा गर्ने एमालेको घोषणापत्रमा समेटिएको छ ।

गरीब परिवार तथा सुरक्षाकर्मीको राहतको घोषणा एमालेले गरेको छ । राज्यद्वारा गरीब परिवारको रूपमा पहिचान भएका घरपरिवारले २०८२ भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्ने, यस्ता परिवारलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्ध गर्ने, बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीको सम्मान, सेवा–सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार, सीप विकास तथा सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने एमालेले घोषणा गरेको छ ।