१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्वेकिस्तानलाई हराउँदै नेपालले जित्यो एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि



अ+ अ-

काठमाडौं । नेपाली महिला टोलीले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ । आज (मङ्गलबार) भएको फाइनलमा उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै नेपालले उपाधिमाथि कब्जा गरेको हो ।

बङ्गलादेशको मिरमुरमा रहेको शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले पहिलो सेट २५–२४ ले जित्दा दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयो । 

यस्तै, तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्यो । योसँगै खेल २–२ को अवस्थामा पुग्यो । त्यसपछि साविक विजेता नेपालले पाँचौँ सेट १५–१० ले जित्दै उपाधिमाथि कब्जा जमायो । यससँगै नेपाल अपराजित रहदै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

नेपालको यो दोस्रो अन्तराष्ट्रिय उपाधि समेत रहेको छ । यस्तै पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्दैछ । नेपाल र उज्वेकिस्तानबीचको खेल जारी छ ।