२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्वेकिस्तानलाई हराउँदै नेपालले जित्यो एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि



अ+ अ-

काठमाडौं । नेपाली महिला टोलीले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ । आज (मङ्गलबार) भएको फाइनलमा उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै नेपालले उपाधिमाथि कब्जा गरेको हो ।

बङ्गलादेशको मिरमुरमा रहेको शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले पहिलो सेट २५–२४ ले जित्दा दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयो । 

यस्तै, तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्यो । योसँगै खेल २–२ को अवस्थामा पुग्यो । त्यसपछि साविक विजेता नेपालले पाँचौँ सेट १५–१० ले जित्दै उपाधिमाथि कब्जा जमायो । यससँगै नेपाल अपराजित रहदै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

नेपालको यो दोस्रो अन्तराष्ट्रिय उपाधि समेत रहेको छ । यस्तै पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्दैछ । नेपाल र उज्वेकिस्तानबीचको खेल जारी छ ।