१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

‘अनेकौका दृष्टिमा राष्ट्र निर्माता’ पुस्तक सार्वजनीक

‘अनेकौका दृष्टिमा राष्ट्र निर्माता’ पुस्तक सार्वजनीक
अ अ+ अ-

काठमाडौं । नेपाल एकीकरणमा नेतृत्वदायी भुमिका निर्वाह गरेका पृथ्वीनारायण शाहका बारेमा समेटिएको पुस्तक ‘अनेकौका दृष्टिमा राष्ट्र निर्माता’ पुस्तक विमाचन भएको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा हरिप्रसाद सोडारीद्धारा सम्पादित पुस्तक प्रधानसेनापति पूर्णचन्द्र थापाले विमोचन गरेका हुन । पुस्तकमा विभिन्न ४ सय ४३ जना लेखकका फरक फरक विषय वस्तुमा लेखिएका लेख समावेश गरिएको छ ।

पुस्तक विमोचन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाका संस्थापक पृथ्वीनारायण शाहले देखाएको एकीकरणको बाटोको सन्दर्भ आज र भोलीका दिनसम्म पनि उत्तिकै सान्दर्भिक रहने बताए । उनले पृथ्वीनारायण शाहले देखाएको सामाजिक, सामरिक, सांस्कृति, आर्थिक लगायतका दृष्टिकोण नेपाल र नेपालीका लागि सदैव प्रेरणाको स्रोत रहेको बताए ।

पुस्तकका सम्पादक हरिप्रसाद सोडारीले पृथ्वीनारायण शाह गोरखाका मात्र राजा नभई नेपाल बनाउने नेतृत्व भएकाले उनलाई विर्सन नहुने बताए । उनले शाहमाथि नकारात्मक प्रहार मात्र हुने गरेको देखेपछि उनका बारेमा पुस्तक लेखेर समाजमा भोलीसम्मका लागि एक दस्तावेज नै दिनु पर्ने महशुस भएर पुस्तक लेखेको बताए ।

संस्कृतिविद दिनेशराज पन्तले देश एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई विर्सेर अघि बढ्न नसकिने बताए । उनले इतिहासलाई सही रुपमा विश्लेषण गरेर आगामी दिनको रेखा कोरिनु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाली सेनाका पूर्वरथि अमर पन्तले पृथ्वीनारायण शाहको परिकल्पना र साहसका कारण आज नेपाली भएर बाँच्न पाउने अवस्था आएको चर्चा गरे ।

१४ सय ४ पृष्ठको यस पुस्तकमा पृथ्वीनारायण शाहका बिबिध पक्षका बारेमा ४ सय ४३ जना लेखकले फरक फरक सन्दर्भमा लेख लेखेका छन् ।