१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अनेकौका दृष्टिमा राष्ट्र निर्माता’ पुस्तक सार्वजनीक



अ+ अ-

काठमाडौं । नेपाल एकीकरणमा नेतृत्वदायी भुमिका निर्वाह गरेका पृथ्वीनारायण शाहका बारेमा समेटिएको पुस्तक ‘अनेकौका दृष्टिमा राष्ट्र निर्माता’ पुस्तक विमाचन भएको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा हरिप्रसाद सोडारीद्धारा सम्पादित पुस्तक प्रधानसेनापति पूर्णचन्द्र थापाले विमोचन गरेका हुन । पुस्तकमा विभिन्न ४ सय ४३ जना लेखकका फरक फरक विषय वस्तुमा लेखिएका लेख समावेश गरिएको छ ।

पुस्तक विमोचन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाका संस्थापक पृथ्वीनारायण शाहले देखाएको एकीकरणको बाटोको सन्दर्भ आज र भोलीका दिनसम्म पनि उत्तिकै सान्दर्भिक रहने बताए । उनले पृथ्वीनारायण शाहले देखाएको सामाजिक, सामरिक, सांस्कृति, आर्थिक लगायतका दृष्टिकोण नेपाल र नेपालीका लागि सदैव प्रेरणाको स्रोत रहेको बताए ।

पुस्तकका सम्पादक हरिप्रसाद सोडारीले पृथ्वीनारायण शाह गोरखाका मात्र राजा नभई नेपाल बनाउने नेतृत्व भएकाले उनलाई विर्सन नहुने बताए । उनले शाहमाथि नकारात्मक प्रहार मात्र हुने गरेको देखेपछि उनका बारेमा पुस्तक लेखेर समाजमा भोलीसम्मका लागि एक दस्तावेज नै दिनु पर्ने महशुस भएर पुस्तक लेखेको बताए ।

संस्कृतिविद दिनेशराज पन्तले देश एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई विर्सेर अघि बढ्न नसकिने बताए । उनले इतिहासलाई सही रुपमा विश्लेषण गरेर आगामी दिनको रेखा कोरिनु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाली सेनाका पूर्वरथि अमर पन्तले पृथ्वीनारायण शाहको परिकल्पना र साहसका कारण आज नेपाली भएर बाँच्न पाउने अवस्था आएको चर्चा गरे ।

१४ सय ४ पृष्ठको यस पुस्तकमा पृथ्वीनारायण शाहका बिबिध पक्षका बारेमा ४ सय ४३ जना लेखकले फरक फरक सन्दर्भमा लेख लेखेका छन् ।