१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

नेपालको कारागारमा हजारौ विदेशी, गर्भपतनमा दुई जना

नेपालको कारागारमा हजारौ विदेशी, गर्भपतनमा दुई जना
अ अ+ अ-

काठमाडौं । नेपालका ७४ वटा कारागारमा कूल कैदीबन्दीको संख्या २५ हजार ६ सय ७६ छ। जसमध्ये एक हजार दुई सय ८३ जना विदेशी नागरिक छन्। विदेशी नागरिक भने ३१ वटा कारागारमा राखिएका छन्।

विदेशी कैदीबन्दीको संख्याअनुसार सबैभन्दा धेरै लागूऔषध कारोबारमा संलग्न देखिन्छन्। प्रहरी मुख्यालयका अनुसार कूल विदेशी कैदीबन्दीमध्ये एक हजार ४७ जना भारतीय नागरिक छन्। अधिकांश लागूऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न हुन्। भारतीयसँगै नेपाली कारागारमा भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मन, पाकिस्तान, इटाली, अफ्रिका, नेदरल्याण्ड, नाइजेरिया, साइबेरिया, भियतनाम, जापान, अष्ट्रिया, फिलिपिन्स, मोजाम्बिक, अमेरिका, थाइल्याण्ड, पोल्याण्ड, ब्राजिल, क्यानडा, स्वीट्जरल्याण्ड, आइभोरीकोष्ट, तान्जेनिया, फ्रान्स, सेरालियोन, गिनिया, लाइबेरिया, गाम्बिया र इरानका छन्।

प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीका अनुसार हाल कारागारमा रहेका भारतीय नागरिक सुनतस्करी, अपहरण, लागूऔषध कारोबार, चोरी, डकैती, जबर्जस्तीकरणी लगायतका अभियोगमा छन्। भियतनाम, फिलिपिन्स, नाइजेरिया, जापान, थाइल्याण्ड, पोल्याण्डका कैदीबन्दी भने लागूऔषध ओसारपसारमा अभियोगमा जेल परेका कैदीबन्दी हुन्। क्षेत्रीका अनुसार जर्मन, क्यानडा, नेदरल्याण्ड, फ्रान्स र बेलायती नागरिक भने बालयौन दुराचारको अभियोगमा जेलमा छन्। मुख्यालयका अनुसार भुटानी नागरिक भने अवैध रूपमा नेपाल प्रवेश गरेको, सुनचाँदी तस्करी, डकैतीलगायत अभियोगमा जेलमा छन्। यसैगरी आइभेरीकोष्ट र ब्राजिलका नागरिक भने लागूऔषध कोकिन तस्करीको अभियोगमा जेलमा छन्।

क्षेत्रीका अनुसार २०७५र७६ को अपराध आँकडा हेर्दा नेपालमा हुने गरेका अधिकांश अपराधमा विदेशी नागरिक संलग्न रहेको देखिन्छ। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, संगठित तथा आर्थिक अपराध (जुवा, खोटाचलन, लागूऔषध, सरकारी छाप दस्तखत किर्ते, अपहरण, कालोबजारी, ठगी) र सामाजिक अपराध (नागरिकता, कुटपिट अंगभंग, धर्म परिवर्तन, सार्वजनिक शान्तिविरुद्ध, केही सार्वजनिक अपराध) मा विदेशी नागरिकको संलग्नता देखिन्छ। महिला तथा बालबालिकासम्बन्धी अपराध (मानव बेचबिखन, बहुविवाह, जबर्जस्तीकरणी, अप्राकृतिक मैथुन), सवारी ज्यान, बिष्फोटक पदार्थ, बैंकिङ कसुर र बालयौनदुर्व्यवहारमा विदेशी नागरिकको संलग्नता देखिन्छ।

प्रहरीले यस आर्थिक वर्षमा कर्तव्य ज्यान मुद्दामा १२ जना, ज्यान मार्ने उद्योगमा २६ जना, गर्भपतनमा दुई जना, डाँकाचोरीमा एक सय एक, जुवामा १५, खोटाचलनमा सात, ठगीमा ५९, लागूऔषधमा एक सय ८०, कालोबजारीमा दुई, संगठित तथा आर्थिक अपराधमा संलग्न तीन सय पाँच जना, सामाजिक अपराधमा संलग्न तीन सय पाँच जना, महिला तथा बालबालिकासम्बन्धी अपराधमा ६७ जना, सवारीसम्बन्धी २९, विष्फोटक पदार्थमा तीन, बैंकिङ कसुरमा एक, बाल यौन दुराचारमा सात र विविध अपराधमा संलग्न दुई जनालाई पक्राउ गरिएको जानकारी प्रवक्ता क्षेत्रीले दिए।

कारागार व्यवस्थापन विभागको तथ्यांक हेर्दा भारतपछि भुटानी ९३, बंगलादेशी २३, चीनका ३४, रोमानियाका दुई, जर्मनको एक, पाकिस्तानका ३२, इटलीका एक, अफ्रिकाका पाँच, नेदरल्याण्ड, गाम्बिया र इरानका एकरएक, नाइजेरियाका आठ, लाइबेरिया दुई, भियतनामका दुई, जापानका दुई, सिरोलोनका तीन, अष्ट्रिया, फिलिपिन्स, मजोम्बिक, स्वीट्जरल्याण्ड, आइभोरिकोष्ट, गिनिया र मालिका एकरएक, अमेरिकाका तीन, थाइल्याण्डका दुई, पोल्याण्डका दुई, तान्जेनियाका पाँच कैदीबन्दी छन्। ‘भौगोलिक हिसाबमा तीनतिर भारत र एकतिर चीनले घेरिएका छौं। खुला सीमाले पनि अपराधी एकअर्को मुलुकमा छिर्छन्’, उनले भने, ‘नेपालमा अपराध गर्ने सम्बन्धित देशका नागरिकलाई कानुनी दायरमा ल्याएका छौं।’ उनका अनुसार विशेषगरी भारतीय अपराधीले नेपाली भूमि बढी प्रयोग गर्ने गरेको देखिन्छ। उनले विदेशी नागरिकले नेपाललाई अपराधको क्रिडास्थल बनाएको अर्थमा नबुझ्न आग्रह गरे। हाल जेलमा रहेका कैदीबन्दीमध्ये धेरै भारतीय नागरिक छन्। एक हजार दुई सय ५५ मध्ये एक हजार ४७ जना कैदीबन्दी भारतीय छन्।

कुख्यात अपराधी शोभराज

अन्तर्राष्ट्रिय अपराधीका रूपमा कुख्यात फ्रान्सेली नागरिक चाल्र्स गुरुमुख शोभराज अहिले केन्द्रीय कारागारमा छन्। कर्तव्य ज्यानसम्बन्धी मुद्दामा शोभराजले १५ वर्ष कैद भुक्तान गरिसकेका छन्।

उनले २०३२ सालमा नेपाल आएका बेला अमेरिकी नागरिक कोन्नी जो र क्यानेडियन नागरिक लरेण्ट आरमन्टको हत्या गरेको अभियोगमा उनलाई सर्वश्वसहित जन्मकैदको सजाय भएको थियो। सर्वोच्चको अन्तिम फैसलाअनुसार २० वर्ष कैद भुक्तान गर्न उनले २०८० साल असोज १ गतेसम्म कारागारमै बस्नुपर्ने हुन्छ।

बालयौनदुराचारी पिटर जोन ड्यालग्सिस

युएनको विशिष्ट पदमा काम गरिसकेका क्यानेडियन नागरिक पिटर जनो ड्यालग्लिस पनि कारागारमा छन्। उनी २०७४ चैतमा मण्डन देउपुर काभ्रेबाट बाल यौन दुराचारीको आरोपमा समातिए। अहिले उनी काभ्रे जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन्।

उनले बच्चालाई आ श्रय दिने नाममा काभ्रेमा घर बनाएर बसेका थिए। बच्चालाई अप्राकृतिक मैथुन गराएको आरोपमा पीडितका आफन्तले प्रहरीमा उजुरी दिएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले पिटरलाई पक्राउ गरेको थियो।

कोकिन किङ मरिना

२०७१ चैतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परिन् मलेसियाली नागरिक मरिना विन्ति जमालुद्धिन। उनी एकैपटक ११ किलो कोकिनसहित पक्राउ परेकी हुन्। कोकिन बरामदको श्रृंखलामा एकैपटक धेरै मरिनाबाट बरामद भएको थियो। उनी अहिले केन्द्रीय कारागारमा छन्। ब्राजिलबाट पेरु हुँदै कोकिन बोकेर नेपाल आएका बेला उनलाई पक्राउ गरेको समाचार अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।