५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको मस्जिदमा विष्फोट, डीएसपीसहित १४ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पाकिस्तानको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । विष्फोटमा क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु भएको छ । क्वेटाको सिभिल हस्पिटलका प्रवक्ताका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ ।

पाकिस्तानी सेनाले घटनाको पुष्टि गर्दै घटनास्थलको जाँचबुझका लागि प्रहरी र सेनाको संयुक्त टोली खटाइएको छ ।

पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले भनेका छन्, ‘प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मद्दत गरिएको छ । जसले मस्जिदलाई निशाना बनायो, त्यो कहिल्यै मुसलमान हुन सक्दैन ।’