२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

सुदूरपश्चिममा रविको गर्जनः कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ

सुदूरपश्चिममा रविको गर्जनः कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैँका लागि बन्द हुने उद्घोष गर्नुभएको छ ।

धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई, नेतासँग ‘कन्ट्राक्ट’ गर्ने युगको शुरुवात भएको बताउनुभएको हो ।

लामिछानेले वर्षौंदेखि जनताका मुद्दालाई निर्वाचनको एजेन्डा मात्र बनाएर अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभाये । जनतासँग पाँच वर्षको ‘कन्ट्रयाक्ट’ नेपालको इतिहासमा पहिलोपटक रास्वपाले जनतासँग लिखित कन्ट्रयाक्ट गरेको दाबी गर्दै उनले ५ वर्षको स्थायी सरकारको अपेक्षा गर्नुभयो । वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने र जनता सधैँ पीडित बन्ने अवस्थाको अन्त्य गर्न रास्वपा मैदानमा आएको उहाँको भनाइ छ । भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीहरूलाई सम्बोधन गर्दै लामिछानेले यसपटक देश बदल्नका लागि छुट्टी मिलाएर भएपनि मतदान गर्न आउन आग्रह गर्नुभयो । सिंहदरबार बनाउने मात्र नभइ बदल्ने गरी आफूहरु आएको जिकिर गर्नुभयो । सिंहदरबारको संरचना मात्र नभइ त्यहाँको कार्यशैली र नियत बदल्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनु भयो । पुराना दलहरूले डोजर लगाएर गरिबको बस्ती उठाउने भ्रम फैलाएको भन्दै उहाँले ३५ वर्षसम्म जनताको सपनामा डोजर कसले चलायो भनी प्रतिप्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘जनताको अधिकारलाई जनताको मुद्दालाई सुदूरपश्चिमको मुद्दालाई सुदूरपश्चिमको अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ । सटर त एउटा बन्द हुनुपर्छ कि हाम्रो सटर बन्द गराइदिनुस कि यिनको सटर बन्द गराउनुस् सटर बन्द हुन्छ । कुशासनको सटर बन्द गर्ने हो । बेथितिको सटर बन्द गर्ने हो । बेरोजगारी अशिक्षा सबै सटर बन्द गर्ने हो एकैपटक २१ गते । इतिहास लेख्ने हो भोट हाल्ने होइन । यहाँ भूमिहीनका समस्याहरु आएका छन्, कैयौं साथीहरूको समस्यालाई लिएर मानिसहरुले पार्टीको एजेण्डा बनाएर वर्षौंसम्म त्यो एजेण्डालाई पर्मानेन्ट बनाएर राखेका छन् सधैं त्यही एजेन्डा राख्ने त्यसलाई भोट बैंक बनाउने। रास्वपाले के गर्छ म तपाईलाई बताउँछु रास्वपाले के गर्छ । रास्वपाले राजनीतिक विकृति र विसङ्गति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बल्र्याङ्ग्रे अक्षरले लेख्ने युगलाई अन्त्य गर्छ । पाइँदैन जनताको माग हो त्यसलाई पूरा गर्ने हो । त्यसकारणले हामीले ५ वर्षको स्थायी सरकार यसपटक मागेका छौँ । नेपालको इतिहासमा पहिलोपटक कुनै राजनीतिक दलले जनतासँग कन्ट्राक्ट गरेको छ । जनताले भोट दिने जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने अब यस्तो चल्दैन । अब यस्तो चल्दैन। वाचा जसले गरेको हो पूरा नगर्ने हुने सजाय त्यसैले पाउने हो जनताले सजाय पाउने होइन। यसको लागि ५ वर्षको स्थायी सरकारको हामीले अपेक्षा गरेका छौँ ।’

भ्रष्टाचार र बेथिति आधा नभई पूर्ण रूपमा फाल्नका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘घण्टी’ चिह्नमा मतदान गर्न मतदाताहरूलाई आह्वान गर्नुभयो ।